बहुप्रतिक्षित फिल्म ‘ना सामी रंगा’ को ट्रेलर सार्वजनिक
नेपालबहस संवाददाता
पुस २४, २०८० मंगलबार १९:४:२४
२४ पुस, काठमाडौं । बहुप्रतिक्षित फिल्म ‘ना सामी रंगा’ को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्मबाट साउथ सिनेमाका चर्चित अभिनेता नागार्जुन फेरि ठूलो पर्दामा रमाउन तयार छन् ।
उनी आफ्नो आगामी फिल्म ‘ना सामी रंगा’ बाट सिल्वर स्क्रिनमा फर्कदैछन् । मंगलबार फिल्मका निर्माताले बहुप्रतिक्षित यस फिल्मको ट्रेलर सार्वजनिक गरेका छन् । जसलाई दर्शकले निकै रुचाइरहेका छन् । यो फिल्म विजय बिन्नीले निर्देशन गरेका हुन् । फिल्म जुन १४ जनवरीमा रिलिज हुनेछ ।
चलचित्रको रिलिज मिति नजिकिदै गर्दा निर्माताहरु प्रचार प्रसारमा व्यस्त भएका छन् । फिल्मको ट्रेलर आउन केही दिन अगाडि यसका गीतहरू पनि रिलिज भइसकेका छन् र अन्ततः यसको ट्रेलर पनि दर्शक सामु आएको छ । यो २ मिनेट ३२ सेकेन्डको ट्रेलर उत्सवबाट सुरु हुन्छ, जसमा नागार्जुन नाचिरहेको देखिन्छ । एक्सन र लभ स्टोरीलाई लिएर ट्रेलर अगाडि बढेको छ । फिल्मको ट्रेलरमा एकपछि अर्को धेरै गीतहरु पनि देख्न सकिन्छ । यसपछि ट्रेलरमा आशिका रंगनाथको प्रवेश छ । फिल्मको कथा यी दुईबीचको रोमान्ससँगै अगाडि बढ्छ ।
’ना सामी रंगा’ २०१९ मलयालम फिल्म ’पोरिन्जु मरियम जोस’ को आधिकारिक तेलुगु रिमेक हो, जसलाई जोशीले निर्देशन गरेका थिए । फिल्ममा नागार्जुनका अलावा आशिका रंगनाथ, मिर्ना मेनन, अल्लारी नरेश, राज तरुण जस्ता कलाकारको पनि महत्वपूर्ण भूमिका छ । चलचित्रको संगीत ओस्कार विजेता एमएम किरावानीले दिएका हुन् ।
फिल्म ‘ना सामी रंगा’ को ट्रेलर
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार