फिल्म रामायण मार्फत बलिउडमा डेब्यू गर्दै यश
नेपालबहस संवाददाता
पुस २४, २०८० मंगलबार २०:२३:३४
२४ पुस, काठमाडौं । कन्नड सुपरस्टार यश सन् २०१८ मा आएको फिल्म केजीएफबाट रातारात ‘प्यान इन्डिया’ स्टार बने । यो फिल्मपछि उनले पछाडि फर्केर हेर्नु परेन । केजीएफपछि उनी सन् २०२२ मा केजीएफ २ मा देखिए । यो फिल्म सो वर्षको सबैभन्दा धेरै कमाउने फिल्ममध्ये एक बन्यो ।
यी दुई फिल्मले यशको लोकप्रियता चुलीमा पुर्याइदिए । अहिले उनको हातमा ठुला बजेटका कयौँ फिल्म छन् । सुरुमा यश अभिनयको संसारमा बैंकग्राउन्ड डान्सरमा रूपमा आएका थिए ।
त्यसपछि उनले असिस्टेन्ट निर्देशकको रूपमा सानातिना काम गरे । यी कामका लागि उनले दिनभरमा जम्मा ५० रुपैयाँ पाउँथे । वर्षौँसम्म उनले टिभी एक्टरको रूपमा पनि काम गरे । अहिले उनको फिस बढेर १५० करोड भारु पुगेको छ ।
यशको हातमा यतिबेला गीतू मोहनदासको निर्देशनमा बन्न लागेको टक्सिक छ । फिल्म २०२५ मा रिलिज हुनेछ । यो फिल्ममा यशको साथमा करिना कपूर देखिने बताइएको छ । यो करिनाको कन्नड डेब्यू हुनेछ । केजीएफ सिरिजजस्तै टक्सिक पनि एक्सन थ्रिलर हुन सक्ने बताइएको छ ।
यश आफैँ पनि यो फिल्मको को–प्रड्युसर छन् । फिल्म १०० करोडभन्दा बढीको बजेटमा बन्न लागेको छ । यशलाई यो फिल्मको प्लट अति नै मन परेकोले अरू प्रोजेक्टहरूलाई साइड लगाएर सारा ध्यान यही फिल्ममा लगाइरहेको बताइएको छ ।
केजीएफको तेस्रो पार्ट सन् २०२५ मा रिलिज हुनेछ । गएको महिनादेखि फिल्मको प्रोडक्शनको काम सुरु भएको छ । २०२४ को अक्टोबरदेखि फिल्मको सुटिङ सुरु हुनेछ भने फिल्म अर्को वर्ष रिलिज हुनेछ । यशले बलिउडमा पनि डेब्यू गर्दैछन् ।
खबरका अनुसार उनले नितेश तिवारीको आगामी फिल्म रामायण साइन गरेका छन् । यसबारे आधिकारिक पुष्टि भएको छैन । तर स्रोतका अनुसार फिल्ममा नितेशले रणवीर कपूरलाई राम, साई पल्लवीलाई सिता र यशलाई रावणको भूमिकामा काष्ट गरेका छन् । रामायणमा यश विल्कुल नयाँ लूक्समा देखिने बताइएको छ ।
केजीएफका लागि यशले १५ करोड पारिश्रमिक लिएका थिए । केजीएफ २ मा यो बढेर दोब्बर भयो । अब रामायणमा भने यशले १०० देखि १५० करोड भारुको माग गरेको बताइएको छ । यसका लागि उनले कम्तीमा पनि १०० करोड भारु लिन सक्ने र बाँकी पैसा उनको सुटिङ डेजमा भर पर्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार