कोरोना बढेसँगै इपिडिमियोलोजी महाशाखाले माग्यो सबै निकायसँग दैनिक रिपोर्ट
नेपालबहस संवाददाता
पुस २५, २०८० बुधबार ९:३२:२
२६ पुस, काठमाडौं । कोरोना संक्रमण बढेसँगै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दैनिक रिपोर्ट बुझाउन सबै निकायलाई आग्रह गरेको छ।
महाशाखाले एक विज्ञप्ति जारी गर्दै सबै सेन्टिनल साइट, प्रवेश विन्दु, कोभिड रिपोर्टिङ ल्याव र सरकारी तथा निजी अस्पतालहरुलाई कोभिड-१९ संक्रमितहरुको दैनिक प्रतिवेदन अनिवार्य रुपमा बुझाउन अनुरोध गरेको हो।
महाशाखाले पिसिआर पोजेटिभ बिरामीको जिनोम सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउनसमेत अनुरोध गरेको छ।
केही देशहरुमा कोभिड-१९ संक्रमणको नयाँ सब-भेरियन्ट 'जेएन.१' को जोखिम बढिरहेको र छिमेकी देशमा फैलिरहेकोले नेपालमा पनि जोखिम बढेको भन्दै सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले यसअघि नै अनुरोध गरिसकेको छ। नेपालमा पनि उक्त भेरियन्ट सात जनामा पुष्टि भइसकेको छ।
यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना संक्रमण बढिरहेको सन्दर्भमा संक्रमण र त्यसको फैलावट रोक्न जनस्वास्थ्यका सबै मापदण्ड अपनाउने निर्णय गर्दै आजै सबै निकायमा सर्कुलर गरेको जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
पार्टी संगठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी
पुष ६, २०८१ शनिबार
एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
पुष ६, २०८१ शनिबार