यो वर्षको प्रतीक्षित भारतीय फिल्म के-के हुन् ?
नेपालबहस संवाददाता
पुस २५, २०८० बुधबार १०:५८:१०
२५ पुस, मुम्बई । नयाँ वर्ष लागेसँगै आउने सूची हो प्रतीक्षित फिल्मको । बन्ने घोषणा भएका र बनेर प्रदर्शनका लागि तयार भएका चलचित्रलाई यो सूचीमा राखिन्छ । कुन फिल्म प्रतीक्षित त कुन फिल्म राम्रा हुने, व्यक्तिको आफ्नो आफ्नो रुचि र जानकारीमा भर पर्छ ।
तर संसारभरकै फिल्मलाई तुलोमा जोख्ने प्लेटफर्म आईएमडीबीले भने दर्शकको भोटको आधारमा फिल्महरुको सूची निकाल्ने गरेको छ । आईएमडीबीमा दर्शकले हेर्न चाहेको फिल्मले पाएको रेटिङअनुसार हालै २० वटा भारतीय फिल्मको सूची जारी गरेको छ । आईएमडीबीले फिल्मको पेजमा गएर दर्शकले सो फिल्म सम्बन्धी जानकारी लिएको आधारमा यो सूची जारी गरेको जनाएको छ ।
सूचीमा ९ वटा हिन्दी भाषाका फिल्म रहेका छन् भने ५ वटा तेलगु भाषाका । सूचीमा ४ वटा तमिल भाषाका फिल्म रहेका छन् भने मलयालम र कन्नड भाषाका एक एक वटा फिल्म दर्शकको प्रतीक्षा सूचीमा रहेका छन् ।
सूचीअनुसार पहिलो स्थान भने अबको दुई हप्तापछि रिलिज हुन लागेको ‘फाइटर’को रहेको छ । ऋतिक रोशन, दीपिका पादुकोन र अनिल कपुरको मुख्य भूमिका रहेको फिल्म जनवरी २५ मा रिलिज हुँदैछ । सूचीको दोस्रो स्थानमा ‘पुष्पा २’ रहेको छ ।
यो फिल्ममा अल्लु अर्जुन र रश्मिका मन्दानाको मुख्य भूमिका रहेको छ । तेस्रो स्थानमा भने अक्षयकुमार सहित आधा दर्जन अरु नाम चलेका स्टारको अभिनय रहेको ‘वेलकम टु जंगल’ रहेको छ । यसैगरी चौथो स्थानमा हिन्दी फिल्म ‘सिंघम अगेन’ रहेको छ ।
यो सूचीमा अचम्मसँग अटलबिहारी बाजपेयीको जीवनीमा आधारित ‘मै अटल हुँ’ पनि अटाएको छ । यसमा पंकज त्रिपाठीले पूर्व प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई बयानका लागि शनिबार काठमाडौं ल्याइने
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार