बलात्कार आरोपी बम्जनको घरमा सम्पत्तिको रास, पत्रकार सम्मेलन गरि सर्लाही लाने तयारी
नेपालबहस संवाददाता
पुस २५, २०८० बुधबार १२:२५:२०
२५ पुस, काठमाडौं । सीआईबीले धर्मगुरु भनिने रामबहादुर बम्जनलाई हिजो पक्राउ गरेपछि अहिले केहीबेरमा पत्रकार सम्मेलनको आयोजना गरि विवरण सार्वजनिक गर्ने तयारी थालेको छ । बौद्ध धर्मगुरुको नाममा हत्या, बलात्कारजस्ता संगीन आरोप लागेपछि चार वर्षदेखि फरार रहेका बम्जनलाई मंगलबार पक्राउ गरेको थियो । उनको हात्तीगौडास्थित घरबाट प्रहरीले १६ देशका विदेशी मुद्रासहित ३ करोडभन्दा बढी नगद बरामद पनि गरेको छ।
परिवारका सदस्य भेटघाट गर्न आएका बेला मंगलबार प्रहरीले बम्जनलाई पक्राउ गरेपछि खानतलासीको क्रममा उनको घरबाट ३ करोड ३ लाख ७५ हजार रूपैयाँभन्दा बढी नगद बरामद भएको हो। ‘३ करोड ३ लाख ७५ हजार नगद, ल्यापटप, १५ थान मोबाइल र ३५ थान पेन ड्राइभसहित १६ देशका मुद्रा पनि फेला परेका छन्’, सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले भनिन्। उनका अनुसार आजै जिल्ला अदालत सर्लाहीबाट अनुसन्धानको लागि समय लिने तयारी भइरहेको छ।
लिटिल बुद्ध उपनामले परिचित तपस्वी बमजन मंगलवार साँझ हात्तीगौडाबाट पक्राउ परेका थिए। चार वर्षयता सीआईबीको खोजी सूचीमा रहेका बम्जनले आफू विभिन्न जंगलमा बस्दै आएको र भारतको केही स्थानमा पुगेको प्रहरीसमक्ष बयान दिएका छन्।
बम्जनलाई हत्या, बलात्कार तथा आनीहरूलाई बेपत्ता पारेको घटनामा प्रहरीले उनको खोजी सुरु गरेको थियो। प्रहरीको नजरमा उनी २०७६ सालदेखि नै फरार रहेका थिए।
२०७६ माघ २३ गते जबरजस्ती करणी गरेको कसुरमा जिल्ला अदालत सर्लाहीबाट बम्जनविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। अनुसन्धान प्रक्रिया अनुसार पूर्जी जारी भएपछि पक्राउ गरी बयान लिने काम प्रहरीको भएपनि उनी फरार भएपछि बयान लिन सम्भव भएको थिएन। ‘अब बयान शुरु हुनेछ’, सीआईबीका प्रवक्ता एवं एसपी नवराज अधिकारीले भने।
आफ्नै अनुयायीलाई यौनशोषण गरी हत्या गरेको आरोप लागेपछि २०७७ साल माघ २४ मा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोली उनको आश्रममा पक्राउ गर्न पुगेको थियो। बारा जिल्लाको निजगढ नगरपालिका–१२ ठेगाना भएका तपस्वी बम्जनलाई सर्लाही जिल्ला अदालतको आदेशअनुसार पक्राउ गर्न त्यतिबेला सिन्धुलीस्थित आश्रममा पुग्दा फेला परेका थिएनन्।
विभिन्न जिल्लाका आश्रमबाट सञ्चलाल वाइबा, फूलमाया रुम्बा, कर्मा वाइबालगायत अनुयायी बेपत्ता पारेको तथा आश्रमभित्र आनी भनेर चिनिने एक युवतीमाथि यौन दुर्व्यवहार भएको आरोप बम्जनमाथि लागेपछि प्रहरीले चार वर्षदेखि खोजी गरिरहेको थियो। त्यतिबेला सीआईबीको टोलीले बम्जनको सिन्धुपाल्चोक आश्रमस्थलमा पुगेर अनुयायीको हत्या गरेर शव गाडेको आशंकामा खोजी गर्दा एक खाल्डोमा नुनको पोका फेला परेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल बैंकका तत्कालीन उपप्रबन्धक श्रेष्ठ पक्राउ
मंसिर ३०, २०८१ आइतबार
७ वर्ष कैद सजाय मागसहित दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
मंसिर २६, २०८१ बुधबार
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउपछि सार्वजनिक
मंसिर २६, २०८१ बुधबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
श्रमदान गरेर तमोर नदीमा काठे पुल निर्माण
पुष १, २०८१ सोमबार
धरानमा फस्टाउँदै सिद्रा व्यापार
पुष १, २०८१ सोमबार
पुस १ गते: लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै
पुष १, २०८१ सोमबार
पत्रकार महासंघको कार्यसमितिमा को-को निर्वाचित भए ?
पुष १, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १, २०८१ सोमबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार