तपस्वी बम्जनलाई सीआईबीले हत्कडीसहित गर्यो सार्वजनिक
नेपालबहस संवाददाता
पुस २५, २०८० बुधबार १४:४०:४
२५ पुस, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तपस्वी रामबहादुर बम्जनलाई सार्वजनिक गरेको छ । बुधबार ब्यूरोको महाराजगञ्जस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बम्जनलाई सार्वजनिक गरेको हो ।
पटक पटकको प्रयासमा पनि बम्जनलाई सीआईबीले पक्राउ गर्न असफल हुँदै आएको थियो। तर यस पटक उनी काठमाडौंको हात्तीगौंडास्थित घरबाटै समातिएका हुन्।
बम्जनमाथि सर्लाही जिल्ला अदालतले २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो । उनीमाथि बाल यौन दूराचारको आरोप रहेको छ । उनलाई छिट्टै सर्लाही जिल्ला अदालतमा पेश गर्ने तयारी छ ।
प्रहरीले बम्जनसँगै उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५०० रुपैयाँ र विभिन्न १७ देशका मुद्रा गरी ३० लाख ९२ हजार ४०६ रुपैयाँ बरामद गरेको छ । बम्जनले प्रदेश ३–०१ ०२४ च ६७२९ नम्बरको टोयटा फर्च्युन गाडी चढ्ने गरेको सीआईबीले जनाएको छ । उनले हालै सेतो रङको ल्याण्डक्रुजर गाडी पनि खरिद गरेका थिए ।
५ करोडमा बुक गरेको गाडीका लागि ३ करोड भुक्तानी गरिसकेको खुलेको छ । उनीसँग क्रस फायर, केटीएम ड्युक, यामाहा रे जेडआर स्कुटरलगायत चार वटा मोटरसाइकल रहेको सीआईबीले पत्रकार सम्मेलनमा जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाजुरामा भरुवा बन्दुकसहित दुई जना पक्राउ
असोज १०, २०८१ बिहिबार
कतार पठाइदिन्छु भन्दै ८० हजार ठगी गर्ने व्यक्ति पक्राउ
असोज १०, २०८१ बिहिबार
अवैध लागूऔषधसहित तीन जना पक्राउ
असोज १०, २०८१ बिहिबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
धादिङको चिरौदीमा सुक्खा पहिरो, कारसहित पुरिएका चार जनाको सकुशल उद्धार
असोज १०, २०८१ बिहिबार
अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री स्वेयस्याङ्बीच भेटवार्ता
असोज १०, २०८१ बिहिबार
एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि
असोज १०, २०८१ बिहिबार
बर्दिबाससम्म रेल सेवा सञ्चालन गर्ने सरकारको तयारी
असोज १०, २०८१ बिहिबार
फिल्म ‘सारंग’ को फस्टलुक पोस्टर सार्वजनिक
असोज १०, २०८१ बिहिबार