टेस्ट क्रिकेटमा पहिलो पटक स्मिथले ओपनिङ गर्ने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस २५, २०८० बुधबार १४:५६:२
२५ पुस, काठमाडौं । अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय र टेष्ट सिरिजका लागि टिमको घोषणा गरेको छ । एकदिवसीय र टेस्टबाट सन्यास लिएका डेभिड वार्नरको स्थानमा स्टिभ स्मिथ टेस्टमा ओपनरको भूमिकामा देखिने भएका छन् । त्यस्तै स्मिथले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय टोलीको नेतृत्व पनि सम्हाल्नेछन् ।
ब्याकअप ओपनरका रूपमा म्याट रेन्साले पनि टेष्ट टोलीमा स्थान पाएका छन् । नियमित कप्तान प्याट कमिन्सले एकदिवसीय सिरिज खेल्ने छैनन् । उनलाई सिरिजबाट आराम दिइएको छ । टोलीले डिसेम्बर १७ बाट घरेलु मैदानमा वेस्ट इन्डिजसँग २ टेस्टको सिरिजको पहिलो खेल खेल्नेछ ।
स्मिथले पहिलो पटक टेष्टमा ओपनिङ गर्ने भएका छन् । मुख्य चयनकर्ता जर्ज बेलीले डेभिड वार्नरको स्थानमा स्मिथ ओपनिङ गर्ने पुष्टि गरेका छन् । उनले उस्मान ख्वाजालाई साथ दिनेछन् । तीनवटै फर्म्याटमा अष्ट्रेलियाको कप्तानी गरेका स्मिथले हालसम्म १०५ टेस्ट खेलिसकेका छन् । तर एकपटक पनि ओपन गर्ने मौका पाएनन् । यस्तो अवस्थामा उनी वेस्ट इन्डिजविरुद्ध पहिलो पटक ओपनिङमा देखिनेछन् ।
स्मिथले टोली घोषणा हुनुअघि नै टेष्ट ढाँचामा ओपनिङ गर्न चासो देखाएका थिए । पाकिस्तानविरुद्धको सिड्नी टेस्टअघि स्मिथले आफू ओपनिङ गर्न चाहेको बताएका थिए । तर, टोलीका कप्तान प्याट कमिन्स भने स्मिथलाई मध्यक्रमबाट हटाउने पक्षमा थिएनन् । किनभने स्मिथ सन् २०१३ देखि लगातार चौथो नम्बरमा ब्याटिङ गरिरहेका छन् ।
कप्तान प्याट कमिन्सलाई वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिजमा आराम दिइएको छ । उनीहरुसँगै मिचेल स्टार्क, जोस हेजलवुड र मिचेल मार्सले पनि एकदिवसीय सिरिज खेल्ने छैनन् । यस अवधिमा स्टिभ स्मिथले टोलीको कप्तानी गर्नेछन्।
टोलीमा फास्ट बलर लान्स मोरिस, जे रिचर्डसन, आरोन हार्डी, म्याट सर्ट र नाथन एलिसलाई मौका दिइएको छ । जब कि मार्कस स्टोइनिस बाहिरिएका छन् ।
अष्ट्रेलियाको टोली
पहिलो टेस्टको टिमस् प्याट कमिन्स (कप्तान), उस्मान ख्वाजा, म्याट रेन्सा, मार्नस लाबुस्चेन, स्टिभ स्मिथ, ट्राभिस हेड, मिचेल मार्स, एलेक्स केरी, नाथन लियोन, मिचेल स्टार्क, जोस हेजलवुड, स्कट बोलान्ड र क्यामरुन ग्रीन।
एकदिवसीय टोली: स्टिभ स्मिथ (कप्तान), शन एबोट, नाथन एलिस, क्यामरन ग्रीन, आरोन हार्डी, ट्राभिस हेड, जोस इङ्लिस, मार्नस लाबुस्चेन, ग्लेन म्याक्सवेल, लान्स मोरिस, झे रिचर्डसन, म्याट शर्ट र एडम जाम्पा।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभरतपुर महानगरद्वारा क्रिकेटर लामिछानेको सम्मान
असार १८, २०८१ मंगलबार
को बन्ला भारतीय टी-२० क्रिकेट टिमको कप्तान ?
असार १८, २०८१ मंगलबार
दिनेश कार्तिक आरसीबीको ब्याटिङ प्रशिक्षक र मेन्टर नियुक्त
असार १७, २०८१ सोमबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
ओली र देउवाबीच सहमति, एमालेलाई प्रधानमन्त्रीसहित ९ र कांग्रेसलाई गृहसहित १० मन्त्रालय
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
बाढीले पुल बगाउँदा बेँसीसहर–चामे सडक अवरुद्ध
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
प्रधानमन्त्रीले नै वैकल्पिक सरकार बनाउन खोजेपछि यो कदम चालिएको हो : ज्ञवाली
असार १८, २०८१ मंगलबार
खोटाङ बन्यो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला
असार १८, २०८१ मंगलबार