अफगानिस्तानमा आठ सय महिला जेलमा
नेपालबहस संवाददाता
पुस २५, २०८० बुधबार १७:१८:४४
२५ पुस, काबुल । अफगानिस्तानमा तालिबानद्वारा महिलाहरूमाथि विभिन्न प्रकारका हिंसा तथा अत्याचार, आधारभूत अधिकारको दमनसहित कम्तीमा ८०० महिलाहरूलाई अफगानी कारागारमा राखेको टोलो न्यूजले जनाएको छ ।
कारागार प्रशासन कार्यालयका उपप्रमुखका अनुसार अफगानिस्तानका कारागारहरूमा हाल ८०० महिलासहित करिब १९ हजार कैँदीहरू छन् । फरक–फरक सजाय भोगिरहेका कैदीमध्ये धेरैमाथि अनुसन्धान भइरहेको छ ।
अफगानिस्तानको केन्द्रीय कारागार प्रशासनका उपप्रमुख हबिबुल्लाह बदरले अफगानिस्तानमा अनधिकृत कारागारहरू नभएको राष्ट्रिय टिभी नेटवर्क आरटीएसँगको अन्तर्वार्तामा बताए ।
उनले जेलमा कैदीहरूलाई ‘यातना’ दिइने आरोपको खण्डन गरेका छन् । टोलो न्यूजका अनुसार त्यहाँ कुनै यातना वा अन्य प्रकारका दुव्र्यवहार नभएको दावी गरे । केही सैन्य र राजनीतिक विज्ञहरूले तालिबानलाई यस बीचमा बन्दीहरूलाई शैक्षिक निर्देशनहरू उपलब्ध गराउन सुरु गर्न आह्वान गरेका छन् ।
राजनीतिक विश्लेषक जाहोरोल्लाह जाहिरले बन्दीहरूका लागि शिक्षा धेरै महत्वपूर्ण भएको बताउँदै उनीहरूलाई विभिन्न सीपहरू पनि उपलब्ध गराउनु पर्ने बताएको टोलो न्यूजले उल्लेख गरेको छ ।
तालिबानले सन् २०२१ को अगस्टमा सत्ता कब्जा गरेपछि महिला अधिकारको हनन नगरिने प्रतिबद्धताको बाबजुद, उच्च शिक्षामा प्रतिबन्ध लगाउनु र समाजमा महिलाको भूमिका सीमित गर्न तालिवान प्रशासनले लिएको गैर–जिम्मेवारपूर्ण कदम हो ।
अगस्ट २०२१ पछि तालिवान प्रशासनले छ कक्षाभन्दा माथिका छात्राहरूलाई विद्यालयमा जान प्रतिबन्ध लगाई महिलाहरूलाई पुरुष संरक्षकसँग मात्र यात्रा गनुपर्र्ने कडा नियम लगाएको छ ।
तालिवानहरूले सौन्दर्य सैलूनहरू बन्द गरे र महिलाहरूलाई घरेलु र अन्तर्राष्ट्रिय गैर–सरकारी सहायता समूहहरूसँग काम गर्नबाट रोक लगाए । पछिल्लो समय यस विषयमा अन्तर्राष्ट्रिय समुदायको असन्तुष्टि उत्पन्न भएको छ ।
(((
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको बिहारमा जितिया पर्वमा नुहाउने क्रममा ४६ जनाको मृत्यु
असोज १०, २०८१ बिहिबार
बेलायतले लगानी सम्मेलनमा मस्कलाई नबोलाउने
असोज १०, २०८१ बिहिबार
भारतले जारी गर्यो लेबनानको यात्रा नगर्न एडभाइजरी
असोज १०, २०८१ बिहिबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
आइसीसी लिग- २ को सिरिजमा क्यानडाको शानदार प्रदर्शन, चारै खेलमा जित
असोज ११, २०८१ शुक्रबार
मनसुनी वायुको प्रभाव : देशका विभिन्न ठाउँमा वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
असोज ११, २०८१ शुक्रबार
कुन नदीमा छ बाढीको उच्च जोखिम ?
असोज ११, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ११, २०८१ शुक्रबार
धादिङको चिरौदीमा सुक्खा पहिरो, कारसहित पुरिएका चार जनाको सकुशल उद्धार
असोज १०, २०८१ बिहिबार