राष्ट्रिय सभा चुनावका लागि कांग्रेसका प्रमुख सचेतक लेखकको नेतृत्वमा समन्वय गर्न समिति गठन
नेपालबहस संवाददाता
पुस २५, २०८० बुधबार १७:२६:३३
२५ पुस, काठमाडौं । सत्ता गठबन्धनले माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि समन्वय गर्न समिति गठन गरेको छ। १९ सिट भागबन्डा गरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले साझा उम्मेदवार तय गरेका थिए।
पुस २३ गते सत्ता गठबन्धनका तर्फबाट १९ जना उम्मेदवारले मनोनयन दर्ता गरिसकेका छन्। गठबन्धनसहित विभिन्न पार्टीबाट १९ सिटका लागि ५२ जनाले उम्मेदवारी दिएका छन्।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकको नेतृत्वमा सत्ता गठबन्धनले राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति २०८० गठन गरिएकाे छ । समन्वय समितिमा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र जसपाका नेता मनिष सुमन सदस्य रहेका छन् ।
बुधबारको बैठकले सातै प्रदेशमा राष्ट्रिय सभा निर्वाचन प्रदेश समन्वय समिति र ७७ वटै जिल्लामा जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको केशवराज जोशीले विज्ञप्ति निकालेर उल्लेख गरेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार