केक तथा कुकिजमा गाँजा मिसाई बिक्री वितरण गर्ने २ जना पक्राउ
नेपालबहस संवाददाता
पुस २५, २०८० बुधबार १७:४३:४२
२५ पुस, काठमाडौं । केक तथा कुकिजमा लागूऔषध गाँजा मिसाउने २ जनालाई लागूऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ । इन्स्टाग्राममार्फत स्विट बेकरी एनपी नामक एकाउन्ट बनाई अवैध रुपमा लागूऔषध गाँजा प्रयोग गरी केक र कुकिज बिक्री वितरण गर्ने २ जनालाई ब्यूरोले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका वडा नम्बर १७ सोह्रखुट्टे बस्ने २६ वर्षीय मोहमद फाजिल र काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका वडा नम्बर ३ स्थायी घर भई हाल ललितपुर महानगरपालिका वडा नम्बर १३ बस्ने २७ वर्षीय शालोम सादा लेप्चा जैसी पक्राउ परेका हुन् ।
एकान्तकुनामा घर भाडामा लिई प्रयोग गर्दै आइरहेको कोठाको खानतलासी गर्दा १ किलोग्राम १ सय ग्राम गाँजा, डाँठसहितको गाँजा १ किलो ५६८ ग्राम, बिक्री गर्न तयारी अवस्थाको १ केजी ९ सय ग्राम केक, माइक्रोओभन १ थान, तयारी अवस्थाको ९ सय ग्राम बटर, १ केजी ३२४ ग्राम तयारी कुकिज, डिजिटल तराजु १ थान, बेकिङ् पाउडर, चक्लेटको फ्लेभर लगायतका सामग्री बरामद गरिएको ब्यूरोका सूचना अधिकारी प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।
उनीहरू विरुद्ध लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जोशीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार
सहकारी ठगी प्रकरण: छविको बयान लिइयो, रविलगायतको लिइँदै
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार