अनलाइन क्यासिनको खेलाएको आरोपमा तीन जना पक्राउ
नेपालबहस संवाददाता
पुस २६, २०८० बिहिबार १०:१५:४९
२६ पुस, काठमाडौं । अनलाइन क्यासिनो खेलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्लेजुङ मिक्वाखोला गाउँपालिका-१ घर भई हाल काठमाडौं-३२ कोटेश्वर बस्ने २५ वर्षीय पूजन साँवा, सर्लाही बागमती नगरपालिका-७ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-४ बस्ने २१ वर्षीय निशानराज कार्की र सर्लाही बरथहवा नगरपालिका-११ घर भई भक्तपुर सूर्यविनायक-४ बस्ने २५ वर्षीय निशान गौतम रहेका छन्।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार अनलाइनमार्फत् विभिन्न खेलहरूमा बाजी राख्दा जितिन्छ भन्दै उनीहरूले सट्टेबाजी खेलाउने गरेको सूचना पाएपछि प्रहरी खोजीमा थियो।
उनीहरूले क्यास एप, मिल्की वे, फायरकिरिन, अल्ट्रा पान्डालगायत एप्लिकेसनमार्फत् अनलाइनमा जुवा खेलाउने गरेका थिए।
पक्राउ परेका तिनै जनालाई आवश्यक कारबाहीको लागि प्रहरी परिसर टेकु पठाइएको रेग्मीले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाजुरामा भरुवा बन्दुकसहित दुई जना पक्राउ
असोज १०, २०८१ बिहिबार
कतार पठाइदिन्छु भन्दै ८० हजार ठगी गर्ने व्यक्ति पक्राउ
असोज १०, २०८१ बिहिबार
अवैध लागूऔषधसहित तीन जना पक्राउ
असोज १०, २०८१ बिहिबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
आइसीसी लिग- २ को सिरिजमा क्यानडाको शानदार प्रदर्शन, चारै खेलमा जित
असोज ११, २०८१ शुक्रबार
मनसुनी वायुको प्रभाव : देशका विभिन्न ठाउँमा वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
असोज ११, २०८१ शुक्रबार
कुन नदीमा छ बाढीको उच्च जोखिम ?
असोज ११, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ११, २०८१ शुक्रबार
धादिङको चिरौदीमा सुक्खा पहिरो, कारसहित पुरिएका चार जनाको सकुशल उद्धार
असोज १०, २०८१ बिहिबार