रणवीरको एनिमलले विश्वव्यापी बक्स अफिसमा धमाकेदार कीर्तिमान, अहिलेसम्म कति कमायो ?
नेपालबहस संवाददाता
पुस २६, २०८० बिहिबार १०:३०:२
२६ पुस, मुम्बई । रणवीर कपूरको फिल्म ‘एनिमल’ रिलिज भएको ६ हप्ता भैसकेको छ र आज पनि यो फिल्मले बक्स अफिसमा कमाइ गरिरहेको छ ।
पहिलेको तुलनामा फिल्मको दैनिक कलेक्सनमा ठूलो गिरावट आएपनि रणवीर कपुरको ‘एनिमल’ ले विश्वव्यापी बक्स अफिसमा धमाकेदार कीर्तिमान बनाउँदै गएको छ । जान्नुहोस् यो फिल्मले हालसम्म विश्वभर कति करोडको व्यापार गरेको छ ।
डंकी र सालार जस्ता ब्लकबस्टर फिल्महरूको बीचमा रणवीर कपूरको ‘एनिमल’ ले बक्स अफिसमा लगातार कमाई गरिरहेको छ। सकनिल्कको रिपोर्टका अनुसार रणवीर कपूरको फिल्म ‘एनिमल’ ले बक्स अफिसमा ९०० करोडको विश्वव्यापी कलेक्सन गरेर इतिहास रचेको छ । यी ४० दिनको कमाईको तथ्याङ्क हुन्। रणवीर कपुरले फिल्म ‘एनिमल’ मार्फत यो ठूलो कीर्तिमान आफ्नो नाममा बनाएका छन् ।
रणवीर कपुरको ‘एनिमल’ ले भारतमा पनि राम्रो कमाइ गरिरहेको छ । सकनिल्कका अनुसार फिल्मले पछिल्लो ४० दिनमा भारतमा ५५१।२१ करोड कमाएको छ । ‘पठान’ र ‘गदर २’ को कमाईको रेकर्ड पनि एनिमलले भारतमा राखेको छ । बलिउड हंगामाको रिपोर्ट अनुसार किंग खानको ‘पठान’ ले ५४३.०५ करोड र सनी देओलको ‘गदर २’ ले ५२५.४५ करोडको व्यापार गरेको थियो । अब घरेलु बक्स अफिसमा ६४३.८७ करोड कमाउने शाहरुख खानको ‘जवान’को रेकर्ड ‘एनिमल’ले तोड्छ कि सक्दैन रु त्यो हेर्न बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार