सहाराको ‘एक मुठ्ठी बादल’को पोस्टर सार्वजनिक
नेपालबहस संवाददाता
पुस २६, २०८० बिहिबार १४:३८:१६
२६ पुस, काठमाडौं । सहारा शर्माको निर्देशनमा फिल्म ‘एक मुठ्ठी बादल’ बन्ने भएको छ । आँचल शर्मा र सहयोगराज अधिकारीलाई शीर्ष भूमिकामा लिएर सहारा शर्माले फिल्म ‘एक मुठ्ठी बादल’ निर्देशन गर्ने भएकी छन् । बिहीबार फिल्म घोषणा गर्दै पोस्टर सार्वजनिक गरिएको छ ।
‘इन्द्रेणी खोज्दै जाँदा’पछि सहाराको यो दोस्रो कथानक फिल्म हो । फेमिली ड्रामा जनरामा बन्ने फिल्मले केही अप्रत्यासित, दुर्भाग्यपूर्ण घटनापछि एउटी आमा र उनको परिवार वर्षौंदेखिको रहस्य र कुन्ठा सामना गर्न बाध्य हुने कथावस्तु पेश गर्छ । फेब्रुअरी वा मार्चदेखि पोखरा उपत्यकामा फिल्म सुटिङ हुने छ । पारिवारिक र महिला प्रधान कथावस्तुमा फिल्म बन्ने जनाइएको छ ।
फिल्मको पटकथा सहाराले नै लेखेकी हुन् । यो फिल्मले यसअघि विश्वप्रसिद्ध महोत्सवको फिल्म बजारमा पिचिङ र ल्याबमा छनोट भइसकेको छ । लोकार्नोको आपेनडोर्स, कान्स र रोटेरडम फिल्म मार्केटमा फिल्म पिचिङ भइसकेको छ ।
आउँदो जनवरीमा ढाका फिल्म फेस्टिभलको मार्केट र ल्याबमा फिल्म पेश हुँदैछ । फिल्मको पटकथा सहारा स्वयंले लेखेकी हुन् । कास्टिङको हिसाबले सहयोगराजको यो डेब्यु फिल्म हुनेछ । उनी टेलिभिजनको पृष्ठभूमिबाट फिल्ममा आएका हुन् । गौंथली इन्टरटेनमेन्ट र अन्डरग्राउण्ड टकिजले निर्माणमा सहकार्य गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने
मंसिर २८, २०८१ शुक्रबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
तेस्रो राष्ट्रिय फ्री—स्टाइल रोल्लर स्केट प्रतियोगिताका छनोटका खेल सम्पन्न
मंसिर २९, २०८१ शनिबार
नेपाल नर्सिङ संघको अध्यक्षमा चन्द्रकला शर्मा विजयी
मंसिर २९, २०८१ शनिबार
धादिङमा बस दुर्घटना, आठ जना घाइते
मंसिर २९, २०८१ शनिबार
जसपा नेपालले संगठन निर्माण अभियानलाई माघ मसान्तसम्म जारी राख्ने
मंसिर २९, २०८१ शनिबार
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा
मंसिर २९, २०८१ शनिबार
दुई सय छत्तिसजना परम्परागत बाजा गुरूहरूलाई नगदसहित सम्मान
मंसिर २९, २०८१ शनिबार