अदालतको आदेशपछि महोत्तरी कारागार पुर्याइए बम्जन
नेपालबहस संवाददाता
पुस २६, २०८० बिहिबार २१:७:४९
२६ पुस, काठमाडौं । नेपाल प्रहरीले जिल्ला अदालतको आदेशपछि रामबहादुर बम्जनलाई महोत्तरी कारागार पुर्याएको छ । हत्या, जबरजस्ती करणी, बाल यौन शोषणलगायतका अभियोगमा पक्राउ परी पुर्पक्षका लागि थुनामा पठाइएका रामबहादुर बम्जनलाई महोत्तरी कारागार पुर्याइएको हो ।
सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएसँगै बम्जनलाई थुनाका लागि जिल्ला कारागार महोत्तरी पठाइएको थियो । अब उनलाई त्यहीँ राखिनेछ । सर्लाही जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासमा आज भएको थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो ।
लगभग ४ घण्टा चलेको बहसमा वादीको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख कैलाश दाहाल र अधिवक्ता अनन्त न्यौपाने तथा प्रतिवादीका तर्फबाट अधिवक्ताहरू डा. कुन्साङ लामा, अजय तामाङ, दिलीपकुमार झा, महनिधि सेडाई र अमृतकुमार लामाले बहस गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी
मंसिर २९, २०८१ शनिबार
भूमिगत सिँचाइ प्रणालीले कृषि पेसा सहज बन्दै
मंसिर २७, २०८१ बिहिबार
मधेसमा चिसोले जनजीवन कष्टकर बन्दै
मंसिर २५, २०८१ मंगलबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
मदन भण्डारीको हत्या सम्बधमा वामदेव र ओलीबीच किन चल्दैछ दोहोरी ?
पुष १, २०८१ सोमबार
तातोपानी कुण्डमा नुहाउनेको भीड
पुष १, २०८१ सोमबार
ढोलठानमा आन्तरिक पर्यटक
पुष १, २०८१ सोमबार
हिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
दुर्गम पलाँतामा टेलिकमको टावर सञ्चालन
पुष १, २०८१ सोमबार
पूर्वमेयर सिंहको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली
पुष १, २०८१ सोमबार