पाँच बलिउड स्टारहरू सोशल मिडियामा आबद्ध हुनै चाहदैन्
नेपालबहस संवाददाता
पुस २६, २०८० बिहिबार २१:४४:३४
काठमाडौं - बलिउड स्टारदेखि लिएर आम मानिससम्म सबैले अहिले सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन् । फिल्म स्टारहरूले आफ्नो जीवनसँग जोडिएको हरेक साना–ठूला समाचार सामाजिक सञ्जालमार्फत नै सेयर गर्छन् । तर केही बलिउड स्टारहरू छन, जो सोशल मिडियामा आबद्ध हुन चाहदैन्, उनीहरु आफ्ना व्यक्तिगत कुराहरु जनतासँग बाँड्न रुचाउँदैनन् । सामाजिक सञ्जालमा जोडिन नचाहने पहिलो बलिउड अभिनेत्रीमा पर्छिन रेखा ।
रेखा
यो सूचीमा पहिलो नाम रेखाको छ । चर्चित र सुन्दर अभिनेत्री रेखा आज पनि सामाजिक सञ्जालमा छैनन् । आफ्नो छुट्टै स्टाइल र धेरै बलिउड अवार्डका लागी लागि परिचित रेखाले आफूलाई सामाजिक सञ्जालबाट टाढा राख्छिन् । रेखालाई आफ्नो व्यक्तिगत जीवन सार्वजनिक गर्न मन लाग्दैन, त्यसैले उनले कुनै पनि सामाजिक सञ्जालमा एकाउन्ट बनाएकी छैनन् ।
रानी मुखर्जी
‘कुछ कुछ होता है’ देखि ‘मर्दानी’ जस्ता सुपरहिट फिल्मबाट बलिउडमा आफ्नो छुट्टै पहिचान बनाएकी रानी मुखर्जीलाई पनि सामाजिक सञ्जाल मन पर्दैन । हालै ‘कफी विथ करण सिजन ८’ मा रानीले भनिन्, ‘म फोनबाट सकेसम्म दूरी कायम गर्न चाहन्छु । म आफ्नो वा मेरो छोरीको बारेमा हरेक अपडेट संसारलाई दिन चाहन्न । अहिलेसम्म रानी मुखर्जीकी छोरीको तस्बिर कुनै पनि सोशल मिडिया साइटमा शेयर गरिएको छैन ।
जया बच्चन
एकातिर अमिताभ बच्चन सामाजिक सञ्जालमा निकै सक्रिय छन् । यसैबीच उनकी श्रीमती तथा बलिउडमा लोकप्रिय छाप बनाएकी उत्कृष्ट अभिनेत्री जया बच्चन आज पनि सामाजिक सञ्जालमा छैनन् । उनले सामाजिक सञ्जालमा समय बिताउनुलाई समयको बर्बादी मान्छिन् ।
सैफ अली खान
सैफ अली खानले सामाजिक सञ्जालबाट पनि दुरी कायम राखेका छन् । उनी आफ्नो व्यक्तिगत जीवनको बारेमा सामाजिक सञ्जालमा कुरा गर्न मन पराउँदैनन् तर उनको विपरीत उनकी श्रीमती तथा बलिउड स्टार करीना कपूर सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । करिनाले आफ्नो जीवनसँग जोडिएको हरेक साना–ठूला खुसी आफ्ना फ्यानसँग सेयर गर्छिन् । आफ्ना दुई छोराको तस्विरका अलावा करीनाले सैफ अली खानको तस्विर र उनीसँग सम्बन्धित कुराहरु पनि सामाजिक सञ्जालमा शेयर गरिरहेकी छिन् ।
रणवीर कपुर
यो लिस्टमा ‘एनिमल’ स्टार रणवीर कपुरको नाम पनि परेको छ । मिडिया रिपोर्ट र ’कफी विथ करण’ को धेरै एपिसोडहरूमा रणबीर कपुर फेक आईडीको साथ सोशल मिडियामा सक्रिय रहेको कुरा धेरै पटक चर्चा गरिएको छ, तर आजसम्म यो पुष्टि भएको छैन । रणबीर कपूरलाई पनि आफ्नो गोपनीयता धेरै मनपर्छ र उनले आफ्नो व्यक्तिगत जीवनको बारेमा सामाजिक सञ्जालमा केही सेयर गर्नु उचित ठान्दैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार