अल्लु अर्जुनको धमाकेदार फिल्म ‘पुष्पा २ द रुल निर्धारित मितिमा रिलिज हुने
नेपालबहस संवाददाता
पुस २६, २०८० बिहिबार २२:१९:२२
२६ पुस, काठमाडाैं । अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा २ द रुल’का दर्शकहरुका लागि ठूलो खुसीको खबर आएको छ । ‘पुष्पा २ द रुल’ सन् २०२१ मा रिलिज भएको ‘पुष्पा द राइज’ को सिक्वेल हो ।
अल्लु अर्जुन र रश्मिका मन्डन्नाको मुख्य भूमिका रहेको यो चलचित्रको घोषणा भएदेखि नै दर्शकमा यो चलचित्रप्रति निकै उत्साह छ । पछिल्ला केही दिनदेखि फिल्मको रिलिज मिति सारिएको चर्चा धेरै आएको थियो । यद्यपी, फिल्मको टिमले अफवाहलाई धेरै हदसम्म नदिई यी रिपोर्टलाई सिधै अस्वीकार गरेको छ ।
‘पुष्पा द राइज’ र ‘पुष्पा २ द रुल’का निर्देशक सुकुमारको जन्मदिनको अवसरमा ‘पुष्पा’ फ्रेन्चाइजीका निर्माताहरूले आफ्नो प्रोडक्सन हाउसको सामाजिक सञ्जाल ह्यान्डलबाट एउटा तस्विर शेयर गर्दै फिल्मका निर्देशक सुकुमारलाई जन्मदिनको शुभकामना दिएका छन्
यसको क्याप्शनमा लेखिएको छ, ‘पुष्पा’ को जादुई संसार सिर्जना गर्ने अद्भुत फिल्म निर्देशक सुकुमारलाई जन्मदिनको शुभकामना । ‘पुष्पा २ द रुल’ अघिल्लो फिल्मको तुलनामा निकै ठूलो र उत्कृष्ट छ । यो फिल्म १५ अगस्त २०२४ मा विश्वभर रिलीज हुनेछ । यो घोषणासँगै निर्माण पक्षले चलचित्र निर्धारित मितिमा मात्रै रिलिज हुने स्पष्ट पारेको छ ।
यस वर्षको अगस्ट १५ सिनेमा प्रेमीका लागि निकै विशेष रहनेछ । यही दिन अल्लु अर्जुनको दमदार अभिनयको फिल्म ‘पुष्पा २ द रुल’ हलमा रिलिज हुँदैछ भने रोहित शेट्टीको फिल्म ‘सिंघम अगेन’ पनि सोही दिन दर्शकलाई मनोरञ्जन दिन तयार छ । बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले ट्विट गर्दै भनेका छन्, ‘पुष्पा २ द रुल’ को रिलिज मिति लम्बिएको छैन । कुनै पनि प्रकारको अफवाहमा ध्यान नदिनुहोस्। दुवै फिल्म अगस्ट १५ मा रिलिज हुँदैछन् ।
‘पुष्पा द राइज’का दर्शकहरु ‘पुष्पा २ द रुल’ को प्रतिक्षामा छन् । ‘पुष्पा २ द रुल’ मा अल्लु अर्जुन र रश्मिका मन्डन्ना पनि मुख्य भूमिकामा देखिनेछन् । यो फिल्म पनि अघिल्लो फिल्म जस्तै धमाकेदार बन्ने दर्शकको अपेक्षा छ । ‘सिंघम अगेन’ मा अजय देवगन, करिना कपूर, दीपिका पादुकोण, टाइगर श्राफ र अर्जुन कपूर महत्वपूर्ण भूमिकामा देखिनेछन् । रोहित शेट्टीको यो फिल्मलाई लिएर दर्शकमा निकै उत्साह छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरणवीर कपुरको ‘रामायण’मा सनी देओल देखिने
मंसिर २५, २०८१ मंगलबार
अग्रिम बुकिङबाट नै ‘पुष्पा २ः दि रूल’ ले कमायो ५५ करोड
मंसिर १८, २०८१ मंगलबार
शिल्पा शेट्टीका पति राज कुन्द्रा आज ईडीमा उपस्थित हुने
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार