पहिलो टी–२० मा भारतद्धारा अफगानिस्तान ६ विकेटले पराजित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस २६, २०८० बिहिबार २३:१९:६
![](https://nepalbahas.prixacdn.net/media/albums/AA1mOKlI_Fj7Nx6Avkq_5BxhpIF4lr.jpg)
२६ पुस, काठमाडौं । भारतले पहिलो टी–२० क्रिकेटमा अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको छ । मोहालीमा खेलिएको उक्त खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा पाँच विकेट गुमाएर १५८ रन बनाएको थियो ।
अक्षर पटेल र मुकेश कुम्राले घातक बलिङ गर्दै २–२ विकेट लिए । जवाफमा भारतले १७.३ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्यो। शिवम दुबेले ४० बलमा ६० रनको अविजित इनिङ खेले ।
यसै क्रममा रिंकु सिंहले ९ बलमा १६ रन बनाएर अविजित रहे । तीन खेलको टी–२० सिरिजमा भारतले १–० को अग्रता लिएको छ । दोस्रो खेल १४ जनवरीमा इन्दौरमा हुनेछ ।
जुनमा हुने टी-२० विश्वकपअघि भारतको यो अन्तिम टी-२० सिरिज हो। योसँगै कप्तान रोहित शर्मा र विराट कोहली पनि यो सिरिजका लागि टी–२० टोलीमा फर्किएका छन् । विराटले व्यक्तिगत कारणले पहिलो खेल खेलेका थिएनन् । योसँगै अफगानिस्तानका स्टार स्पिनर राशिद खान चोटका कारण सिरिजबाट बाहिर छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपच्याम्पियन्स ट्रफी खेलको टिकट कसरी र कहाँबाट किन्ने ?
फागुन ६, २०८१ मंगलबार
च्याम्पियन्स ट्रफी अगाडि भारतलाई ठूलो झट्का, स्टार खेलाडी घाइते !
फागुन ५, २०८१ सोमबार
आईसीसी च्याम्पियन्स ट्रफी सुरु हुनुभन्दा अघि कराँचीको रंगशालाबाट भारतीय झण्डा गायब !
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
अर्थ मन्त्रालयले १९ अर्ब बराबरको स्रोत सहमति दिएपछि हुने भयो २६ आयोजनाको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार
कम्बोडियाको संसद्मा खमेर रूज नरसंहार अस्वीकार विरुद्ध कानून पारित
फागुन ६, २०८१ मंगलबार
अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
प्रकृतिका बुवा भन्छन् : मैले छोरी गुमाए, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्
फागुन ६, २०८१ मंगलबार