नेपाल पुनर्बिमा कम्पनीको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक
नेपालबहस संवाददाता
पुस २७, २०८० शुक्रबार ११:२४:२९
२७ पुस, काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
कम्पनीले चौथो त्रैमाससम्म आइपुग्दा निर्जीवन र जीवन बिमा व्यवसायतर्फ खुद नाफा बढेको जानाएको छ। जसअनुसार अघिल्लो वर्ष ५६ करोड ५० लाख ४४ हजार रूपैयाँ रहेको र निर्जीवन बिमा व्यवसायतर्फको खुद नाफा गत वर्षको चौथो त्रैमासमा ९१ करोड २० लाख १६ हजार रूपैयाँ पुगेको जनाएको हो ।
यता, अघिल्लो वर्ष यसैअवधिमा जीवन बिमा व्यवसायतर्फ १० करोड ८८ लाख ३४ हजार रूपैयाँ नाफामा कमाएको यस कम्पनीले गत वर्ष चौथो त्रैमाससम्ममा १७ करोड ६६ लाख ४७ हजार रूपैयाँ नाफा कमाएको छ । गत वर्ष असार ममसान्तसम्म यस कम्पनीले निर्जीवन व्यवसायबाट ५ अर्ब ५० करोड ९६ लाख ५० हजार रूपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले ८ अर्ब ८७ करोड ६७ लाख ७१ हजार रूपैयाँ निर्जीवन व्यवसायबाट खुद बिमा शुल्क आर्जन गरेको थियो । त्यस्तै गत वर्षको चौथो त्रैमाससम्ममा जीवन बिमा व्यवसायबाट २ अर्ब १ करोड ३० लाख ४७ हजार रूपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा जीवन बिमा व्यवसायबाट १ अर्ब ८८ करोड ९८ लाख रूपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यस अवधिसम्म पुनर्बिमा कम्पनीको चुक्ता पुँजी १२ अर्ब ८१ करोड रूपैयाँ रहेको छ ।
गत वर्षको असार मसान्तसम्म यस कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा ३ अर्ब ४३ करोड ६१ लाख १७ हजार रुपैयाँ र जीवन बिमातर्फ ७१ करोड १९ लाख ८४ हजार रूपैयाँ जम्मा भएको छ । निर्जीवन बिमा कोषको आकार ३ अर्ब ४७ करोड ६९ लाख २९ हजार रूपैयाँ रहेको छ । जीवन बिमा कोषको विवरण भने रिपोर्टमा उल्लेख छैन । चौथो त्रैमाससम्म यस कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ८ रूपैयाँ ५० पैसा र प्रतिशेयर नेटवर्थ १५९ रूपैयाँ ५९ पैसा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपीडितलाई पशु–सुरक्षण बिमा रकम प्रदान
मंसिर २, २०८१ आइतबार
सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
असोज १६, २०८१ बुधबार
बीमा दाबी सरलीकरण तथा छिटो दाबी भुक्तानी सम्बन्धी छलफल
असोज १५, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
फुङफुङे झरनामा रमाउँदै पर्यटक
मंसिर १०, २०८१ सोमबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार
मंसिर १०, २०८१ सोमबार
मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने नेपाल प्रिमियर लिगको ट्रफी अनावरण
मंसिर १०, २०८१ सोमबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु
मंसिर १०, २०८१ सोमबार