शाहरुख खानको ‘डंकी’ ले कमायो ४५२ करोड बढी
नेपालबहस संवाददाता
पुस २७, २०८० शुक्रबार ११:३५:४२
२७ पुस, मुम्बई । शाहरुख खानको ‘डंकी’ २१ डिसेम्बर २०२३ मा सिनेमाघरमा रिलिज भएको थियो। यो कमेडी ड्रामा फिल्मले बक्स अफिसमा राम्रो सुरुवात गरेको थियो तर प्रभासको ‘सालार’ सँगको टकरावले फिल्मलाइ निकै असर गर्यो ।
शाहरुख खानको यो फिल्मले पठान र जवान झै अपेक्षा गरेजति कमाई गर्न सकेन । अहिले बक्स अफिसमा यो फिल्मको गति निकै घटेको छ ।
आउनुहोस् जानौं ‘डंकी’ले रिलिजको २२ औं दिनमा कति व्यापार गरेको छ ? फिल्मको हप्ता अनुसार कमाईको कुरा गर्ने हो भने पहिलो साता‘डंकी’ को कलेक्सन १६०.२२ करोड थियो भने दोस्रो हप्तामा ‘डंकी’ले ४६.२५ करोड कमाएको थियो । फिल्मले तेस्रो हप्ताको तेस्रो सोमबार १.५ करोड, तेस्रो मंगलबार १.४ करोड र तेस्रो बुधबार १.२५ करोड कलेक्सन गरेको छ भने अब चौथो बिहीबार अर्थात् २२ औ दिन फिल्मको कमाईको प्रारम्भिक आँकडा यस्तो छ ।
सैकनिल्कको प्रारम्भिक ट्रेंड रिपोर्ट अनुसार ‘डंकी’ले रिलिजको २२ औं दिनमा १.१५ करोडको व्यापार गरेको छ। यो सँगै ‘डंकी’ को २२ दिनमा कुल कमाई २२१.७७ करोड पुगेको छ ।
‘डंकी’ ले विश्वभर भने राम्रो प्रतिक्रिया पाएको छ । यो फिल्मले विश्वभर दैनिक करोडौंको कलेक्सन गरिरहेको छ । रेड चिलीज इन्टरटेनमेन्टले ‘डंकी’ को २१ दिनको विश्वव्यापी संग्रहको तथ्यांक साझा गरेको थियो । जस अनुसार डंकीले रिलिज भएको २१ दिनमा विश्वभर ४५२.८७ करोड भारु कलेक्सन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
पुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनको तयारीमा लाग्न कांग्रेसले पठायो सर्कुलर
मंसिर ७, २०८१ शुक्रबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
भारतमा दश जना मावोवादी विद्रोहीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
आयोगद्वारा उपनिर्वाचनको नमुना मतपत्र सार्वजनिक
मंसिर ७, २०८१ शुक्रबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार