गाजा र लेवनानका एम्बुलेन्समाथि इजरायली हमला हुँदा ८ को मृत्यु
नेपालबहस संवाददाता
पुस २७, २०८० शुक्रबार ११:५०:३९
२७ पुस, तेल अहिब । इजरायलले गाजामा अवस्थित एम्बुलेन्समा बम विष्फोट गरेर चिकित्सकको हत्या गरेको अस्वीकार गरेको छ ।
इजरायली सेनाले मध्य गाजा पट्टीमा एम्बुलेन्समा भएको बम विष्फोटमा चार चिकित्सक र अन्य दुई व्यक्तिको मृत्यु भएको कुरा अस्वीकार गरेको हो।
‘इजरायली सेनो लाई उपलब्ध गराइएका विवरणहरूको आधारमा समीक्षा गरिएको थियो, जसले वर्णन गरिएको क्षेत्रमा कुनै हमला नगरेको देखाउँछ,’ इजरायली सेनाले भनेको छ।
प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटी ९पीआरसीएस० ले बुधबार मध्य गाजाको देइर अल बालाह क्षेत्रमा प्रवेशद्वारमा आफ्नो एम्बुलेन्समा भएको आक्रमणमा इजरायललाई दोष दिँदै ६ जनाको मृत्यु भएको जनाएको थियो ।
यसैबिच, इजरायलले दक्षिणी लेबनानमा एम्बुलेन्स सेन्टरमा आक्रमण गर्दा दुई चिकित्सकको मृत्यु भएको छ । दक्षिणी लेबनानमा नागरिक रक्षा केन्द्रमा इजरायली आक्रमणले दुई उद्धारकर्ताको मृत्यु भएको छ र एम्बुलेन्सलाई नष्ट गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । जुन एम्बुलेन्स सशस्त्र समूह हिजबुल्लाहसँग सम्बद्ध छ।
इस्लामिक हेल्थ अथोरिटीको सिभिल डिफेन्स अपरेसन रुमले हानिन सहरको आपतकालीन केन्द्रमा इजरायली बमबारी दुई पुरुष एकाइ सदस्यको मृत्यु भएको बताएको हो ।
यस मृत्युले दक्षिणी लेबनानमा इजरायली गोलाबारीमा मारिएका सर्वसाधारणको संख्या बालबालिका र पत्रकार सहित २५ पुगेको छ।
त्यहाँ कम्तिमा १४० हिजबुल्लाह लडाकुहरू पनि मारिएका छन् भने सो हमालमा इजरायली पक्षमा नौ सेना मारिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार