आजदेखि १८औं एशियन कप फुटबल, २४ देशको भिडन्त
नेपालबहस संवाददाता
पुस २७, २०८० शुक्रबार १२:७:४१
२७ पुस, काठमाडौं । एशियन फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता एशियन कप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदै छ । एशियन कपको १८औं संस्करणमा कुल २४ देशले भाग लिँदै छन् ।
अघिल्लो वर्ष १६ जुन देखि १६ जुलाईसम्म चीनमा आयोजना हुने भनिएको यो प्रतियोगिता कोरोना महामारीका कारण चीनले आयोजना नगर्ने भनेपछि कतारले आयोजना गर्ने भएको हो ।
अब आजदेखि शुरु हुने एशियन फुटबलको यस महाकुम्भका खेलहरु २०२२ को विश्वकप फुटबल खेलिएका सात स्टेडियममा हुने छन् ।
यस प्रतियोगितामा ताजकिस्तानले पहिलो पल्ट भाग लिँदै छ भने हङकङ ५६ बर्षपछि एशियन कपमा कमब्याक गरेको छ । त्यस्तै इन्डोनेसिया र मलेसियाले २००७ पछि पहिलो पल्ट एशियन कप खेल्दै छन् । त्यस्तै यस प्रतियोगितामा सार्क देशबाट भारत मात्र सहभगी रहेको छ ।
सहभागी २४ देशलाई ६ समूहमा बिभाजन गरिएको छ । जसबाट हरेक समूहका विजेता र उपविजेता राउण्ड १६ मा प्रवेश गर्ने छन् भने तेस्रो स्थानमा रहेका शीर्ष ४ देशले राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गर्ने छन् ।
एशियन कपको समुह ए मा आयोजक कतारसहित चीन, ताजकिस्तान र लेबनान रहेका छन् भने समूह बी मा अस्ट्रेलिया, उज्बेकिस्तान, भारत र सिरिया रहेका छन् । त्यस्तै समुह सी मा इरान, युएई, हङकङ र प्यालेस्टाइन रहेका छन् भने समुह डी मा जापान, इन्डोनेसिया, इराक र भियतनाम रहेका छन् ।
त्यसैगरी समुह इ मा दक्षिण कोरिया, मलेसिया, जोर्डन र बहराइन रहेका छन् भने समूह एफ मा साउदी अरेबिया, थाइल्याण्ड, किर्गिस्तान र ओमान रहेका छन् ।
एशियन कपको उद्घाटन खेलमा आज एशियन कपको डिफेन्डिङ च्याम्पियन समेत रहेको आयोजक कतारले लेबनानको सामना गर्ने छ । यो खेल नेपाली समय अनुसार रति ९:४५ बजेदेखि शुरु हुने छ ।
अहिलेसम्म एएफसी एशियन कपको उपाधि सबैभन्दा बढी जापानले ४ पटक जितेको छ । जापानले १९९२, २०००, २००४ र २०११ मा जितेको थियो । त्यस्तै साउदी अरेबियाले ३ (१९८४, १९८८ र १९९६) पटक यो उपाधि जितेको थियो भने इरानले पनि ३ (१९६८, १९७२ र १९७६) पटक यो उपाधि जितेको छ ।
त्यस्तै दक्षिण कोरियाले १९५६ र १९६० मा गरि दुई पटक यो उपाधि जितेको छ भने इजरायलले १९६४ मा, कुवेतले १९८० मा, अस्ट्रेलियाले २०१५ मा, इराकले २००७ मा र कतारले २०१९ मा एसियन कपको उपाधि जितेका थिए ।
अहिलेसम्म युएई १९८४ र २००४ मा फाइनलमा पुगेर पनि उपाधि जित्न सकेको छैन भने भारत १९६४ र म्यान्मार १९६८ मा फाइनलमा पुगेर उपाधि जित्न चुकेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोलिदेखि जिल्ला लिग फुटबलको तेस्रो संस्करण हुँदै
बैशाख १४, २०८१ शुक्रबार
जाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार
रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
सीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा २४ जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
तस्विरमा हेर्नुस गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
अन्तिम खेलमा वेस्ट इन्डिजविरुद्ध नेपाल ६ विकेटले विजयी
बैशाख २२, २०८१ शनिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
सुर्ती नियन्त्रण गर्न विद्यायलस्तरका बालबालिकालाई सचेतना
बैशाख २२, २०८१ शनिबार