नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्विरोध
नेपालबहस संवाददाता
पुस २७, २०८० शुक्रबार १४:४८:४७
२७ पुस, धनगढी । रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा चयन भएका छन् । उनी यसअघि संरक्षक थिए । कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको हो । निर्वाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकी छ ।
अध्यक्षमा उम्मेदवारीका लागि शुक्रबार दिउँसो २ बजेसम्म समय दिइएको थियो । उक्त समयभित्र चौधरीको मात्रै उम्मेदवारी परेकोले सर्वसम्मत अध्यक्ष चयन भएको पार्टीका सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।
रोशन थापा प्रस्तावक र सानु शाक्य समर्थक रहेर चौधरीले अध्यक्षमा उम्मेदवारी दिएका थिए । टीकापुरमा बिहीबारबाट सुरु भएको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत शुक्रबार नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदै छ ।
यसअघि शुक्रबार नै मनोनयन दर्ताको समय तोकिएको छ । जसअनुसार अध्यक्ष पदमा रेशमलालको मात्र उम्मेदवारी परेको थियो भने उनी निर्विरोध भइसकेका छन् । वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डितको उम्मेदवारी परेको छ ।
यसै गरी उपाध्यक्षमा अम्बरबहादुर लिम्बू, रतनबहादुर थापा, दुर्गा पन्त, राजेश अधिकारी, शिवकुमार बास्तोला, हिमाञ्चलराज भट्टराई, तेजबहादुर भुजेल, रामकुमार महतो, महेन्द्र पुन र इन्द्रकुमारी लिम्बूको उम्मेदवारी परेको छ ।
यसै गरी महासचिव पदमा धर्मबहादुर चौधरी, ठाकुरसिंह थारु र गंगाराम चौधरी डंगौराको उम्मेदवारी परेको छ । साथै सहमहासचिव पदमा रामलाल डंगौरा, पदम अधिकारी, पवनकुमार साह, दिलकुमार लावती, राजन गुरुङ, प्रेमवती राना र निरबहादुर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
सचिवमा तुलसीप्रसाद चौधरी, ललित तम्राकार, चन्द्रकुमार चौधरी र विजयकुमार बस्नेतको मनोनयन दर्ता भएको छ । सहसचिवमा पुष्पलता रेग्मी अधिकारी, करिश्मा कठरिया, अहमद हुसेन मनिहार, मणिराम भण्डारी, लालबहादुर रावल र अम्बरबहादुर लिम्बू (इजम)को उम्मेदवारी परेको छ । कोषाध्यक्षमा टीकालक्ष्मी चौधरीको उम्मेदवारी परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार