कोहलीले टी–२० शृंखलाअन्तर्गतको पहिलो खेल नखेल्ने
नेपालबहस संवाददाता
पुस २७, २०८० शुक्रबार १५:८:४२
२७ पुस, काठमाडौं । भारतीय टोलीका प्रभावशाली ब्याट्सम्यान विराट कोहलीले निकट भविष्यमा हुने अफगानिस्तानविरुद्धको टी–२० शृंखलाअन्तर्गतको पहिलो खेल नखेल्ने भएका छन् । भारतीय टोलीका प्रमुख प्रशिक्षक राहुल द्रबिडले पनि यसको पुष्टि गरेका छन् ।
द्रबिडका अनुसार, व्यक्तिगत कारणले कोहली पहिलो टी–२० बाट बाहिरिएका हुन् । कोहली बाँकी दुई टी–२० मा भने टोलीमा समावेश हुनेछन् । कोहली र रोहित शर्मा सन् २०२२ को टी–२० विश्वकपपछि पहिलो पटक भारतको टी–२० टोलीमा फर्किएका हुन् ।
भारत र अफगानिस्तानबिचको पहिलो टी–२० खेल बिहीबार मोहालीमा खेलिने छ । दोस्रो खेल जनवरी १४ र तेस्रो खेल जनवरी १७ तारिखमा खेलिने छ । प्रशिक्षक द्रबिडले अफगानिस्तानविरुद्धको टी–२० शृङ्खलामा आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्ने दाबी पनि गरेका छन् ।
यसै वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकपअघि भारतले अन्तिम टी–२० शृङ्खला खेल्न लागेको हो । यो शृंखलालगत्तै भारतीय टोलीले इङ्ल्यान्डसँग पाँच खेलको टेस्ट शृङ्खला खेल्ने कार्यक्रम रहेको छ ।
त्यसपछि अन्य खेलाडीसँगै भारतीय खेलाडीहरू पनि इन्डियन प्रिमियर लिगमा व्यस्त हुनेछन् । रोहित र कोहलीलाई टी–२० शृङ्खलाका लागि टोलीमा समावेश गरिएपछि त्यसको चर्को आलोचना पनि भइरहेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई० को उक्त निर्णयलाई लिएर भारतका पूर्वक्रिकेटरहरु दुई समूहमा विभाजित भएका छन् ।
केही पूर्वक्रिकेटरले रोहित शर्मा र विराट कोहलीलाई टी–२० टोलीमा फिर्ता बोलाउने निर्णयको आलोचना गरेका छन् । भारतीय टोलीका पूर्व खेलाडी दीप दासगुप्ताले रोहित र कोहली पुनः टी–२० टोलीमा फर्कँदा युवा खेलाडीहरू ओझेलमा परेको आरोप लगाएका छन् ।
पूर्वक्रिकेटर सौरभ गांगुली र सुनिल गावस्करले भने रोहित शर्मा र विराट कोहलीलाई टी–२० टोलीमा समावेश गर्ने निर्णय उपयुक्त भएको टिप्पणी गरेका छन् । उनीहरुले सिनियर खेलाडीको उपस्थितिले युवा खेलाडीमा पनि उर्जा थप्ने विश्वास ब्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन
मंसिर ११, २०८१ मंगलबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
प्रहरीले दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो
मंसिर ११, २०८१ मंगलबार
भक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
मंसिर ११, २०८१ मंगलबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार
बक्यौता रकम नपाएसम्म लिग नखेल्ने 'बी' डिभिजन क्लबको चेतावनी
मंसिर ११, २०८१ मंगलबार