जाडोमा हात, खुट्टा र औंलाहरु सुन्निने समस्या छ ?
नेपालबहस संवाददाता
पुस २७, २०८० शुक्रबार १९:४१:३
२७ पुस, काठमाडौं । अहिले काठमाडौं लगायत देशभरी नै चिसो बढेको छ । चिसोमा हामीलाई धेरै प्रकारका समस्या हुने गर्छन् । जस्तै श्वासप्रश्वास सम्बन्धी समस्या, बाथ , सरुवा रोग, लगायत हाम्रो छाला तथा हात खुट्टा र औंलाहरु सुन्निने समस्या हुने गर्छ ।
हामी कतिपयको जाडोको मौसममा हात, खुट्टा र औंलाहरु सुन्निने समस्या हुन्छ । सुन्निएको ठाउंमा झन्झटाहट हुने, चिलाउने, कमजोर हुने लगायतका लक्षणहरु देखिन्छन । तन्त्रिकामा चोट , थकान , नशा दबीनाले तथा शरीरमा भिटामिन , मिनरल्स, क्याल्सियम लगायतका तत्वको कमीले गर्दा शरीर सुन्निने समस्या देखा पर्छ।
जाडो मौसममा स्वासप्रश्वासमा समस्या देखिनाले रक्त वाहिनी नली संकुचित हुन्छ जसले गर्दा शरीरको विभिन्न स्थानमा अक्सिजन आपूर्ति कम हुन्छ । रक्तसंचारमा प्रभाव परेको कारणले जाडो महिनामा हात खुट्टा सुन्निने समस्या बढी हुन्छ । बिशेषत जाडो मौसममा यो समस्या देखिनाको प्रमुख कारण रक्तावाहिनी नली संकुचित हुनु हो ।
कसरी बच्ने ?
चिसोमा हात खुट्टा सुन्निने समस्याबाट बच्नका लागि धेरै पानी पिउनुपर्छ, झोलिलो पदार्थ धेरै खानुपर्छ ।
न्यानो लुगा लगाउने, पन्जा मोजा लगाउने, र हात खुट्टा बेलाबेलामा चलाइराख्ने गर्नुपर्छ ।
चिसोमा हात खुट्टाको औँला सुन्निएपछि तातोमा सेकाउनु हुँदैन । तातोमा सेकाउँदा त्यसले गर्दा झन् धेरै सुन्निने र फुट्ने हुन्छ ।
सुन्निएका हात खुट्टालाई मनतातो पानीमा नुन हालेर हात खुट्टा डुबाउदा राम्रो छ । चिसोमा हात खुट्टा सुन्निएपछि मनतातो पानीमा हात खुट्टा डुबाउन हुन्छ तर आगोमा र हिटरमा सेकाउनु राम्रो होइन ।
मनतातो पानीमा हात खुट्टा डुबाएपछि तुरुन्तै ‘मोइस्चराइजर’ लगाइहाल्नुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्ता छन् अल्सरका लक्ष्यणहरु, यसबाट बच्न के गर्ने ?
जेठ १२, २०८१ शनिबार
गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ?
जेठ १२, २०८१ शनिबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता पोखरेलविरुद्ध रिटको पेसी आज
जेठ १६, २०८१ बुधबार
एमालेको राष्ट्रिय महिला भेला आजदेखि
जेठ १६, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १६, २०८१ बुधबार
आजको मौसम : 'रेमल' चक्रावतको आंशिक प्रभाव
जेठ १६, २०८१ बुधबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार