विश्वविद्यालयको कुलपति नियुक्तिमा शीर्ष नेतासँग राष्ट्रपतिको चासो, अरु मुद्दामा मिलेर जान सुझाव
नेपालबहस संवाददाता
पुस २७, २०८० शुक्रबार २०:२८:५३
२७ पुस, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने काममा मिलेर अघि बढ्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराएका छन् । उनले देश बनाउने विषयमा सहमति गरेर जान सल्लाह दिएका छन् ।
शुक्रबार राष्ट्रपति पौडेलको निमन्त्रणामा शितलनिवास पुगेका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रपति पौडेलले मुलुकमा देखिएका महत्वपूर्ण विषयहरू संघीयता कार्यान्वयन, सुशासन र विश्वविद्यालयमा सुधार गर्न ध्यानाकर्षण गराएका हुन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटका क्रममा राष्ट्रपति पौडेलले दलहरूले आफूहरुले मिलेर ल्याएको संघीयता कार्यान्वयन गर्न प्रदेशलाई अधिकारी दिने गरी तत्काल कानुनहरु बनाउन र निमुखाले न्याय पाउने गरी सुशासन कायम गर्न नेताहरुको ध्यानाकर्षण गराए ।
त्यस्तै, राष्ट्रपति पौडेलले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति खाली रहेको बेला मेरो–तेरो नभनी क्षमतावान प्राज्ञ ल्याएर यही मौकामा विश्वविद्यालय सुधारको अभियान सुरु गर्न पनि ध्यानाकर्षण गराएका छन् । उनले संसदमा विचारधीन रहेका विधेयकहरुका विषयमा पनि चासो राखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार