अमेरिकी नौसेनाको विमान प्रशिक्षणको क्रममा दुर्घटनाग्रस्त, चालक दलका सबै सदस्य बाँच्न सफल
नेपालबहस संवाददाता
पुस २८, २०८० शनिबार १०:५०:१९
२८ पुस, क्यालिफोर्निया । अमेरिकी नौ सेनाको हेलिकोप्टर दक्षिणी क्यालिफोर्नियामा दुर्घटनाग्रस्त भएको छ । सौभाग्यवश दुर्घटनामा चालक दलका सबै सदस्य बाँच्न सफल भएका छन् ।
अमेरिकी सेनाका प्रवक्ताले यसको पुष्टि गरेका छन् । प्रवक्ताका अनुसार अमेरिकी नौ सेनाको हेलिकोप्टर अघिल्लो राति दक्षिणी क्यालिफोर्नियामा दुर्घटनामा परेको हो ।
न्युयोर्क पोस्टको रिपोर्टका अनुसार हेलिकोप्टरमा जम्मा ६ जना सवार थिए, जो चमत्कारी ढंगले बाँचेका छन । अमेरिकी नौ सेना कमाण्डरले भने कि एमएच–६० आर हेलिकोप्टर साँझ ६ः४० बजे दक्षिणी क्यालिफोर्नियामा दुर्घटनामा परेको थियो। हेलिकोप्टर खसेको बेला नियमित प्रशिक्षण भइरहेको थियो ।
सेनाका प्रवक्ताले हेलिकोप्टरमा रहेका चालक दलका सदस्यहरू घाइते भएको तर अहिले उनीहरूको अवस्था खतरामुक्त रहेको बताए । यस सम्बन्धमा अहिलेसम्म थप जानकारी दिइएको छैन ।
घटनास्थलमा अमेरिकी कोस्ट गार्डका कर्मचारीहरू उपस्थित छन् । विभागले अहिले दुर्घटनाको अनुसन्धान गरिरहेको छ । उनले हेलिकोप्टरमा सवार सबै यात्रु सकुशल भागेको र कसैको पनि मृत्यु नभएको बताए ।
यसअघि नोभेम्बरमा पनि प्रशिक्षण अभ्यासका क्रममा अमेरिकी सेनाको हेलिकोप्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ५ अमेरिकी सैनिकको मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार