बस दुर्घटनामा परी घाइते भएकाको उपचारमा विशेष ध्यान दिन प्रधानमन्त्रीको निर्देशन
नेपालबहस संवाददाता
पुस २८, २०८० शनिबार १२:३६:४७
२८ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दाङको भालुवाङमा भएको बस दुर्घटनाका घाइतेको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न सरोकारवाला निकायलाई निर्देशन दिएका हुन् ।
गए राति दाङको भालुवाङमा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो । बसमा सवार ३५ जनामध्ये १२ जनाको मृत्यु भएको हो । २२ जना घाइते भएका छन् । घाइते २२ मध्ये सातजनालाई बुटवल, नौ जनाको नेपालगञ्ज र ६ जनाको भालुवाङ अस्पताल दाङमा उपचार भइरहेको छ ।
शुक्रबार राति नेपालगञ्जबाट काठमाडौंतर्फ आइरहेको भे १ ख ३००१ ख ३९१२ नम्बरको बस राप्ती गाउँपालिका–१ स्थित राप्ती पुलबाट खसेको थियो । मृतक १२ मध्ये आठ जनाको सनाखत, दुई भारतीय नागरिक भएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखराबाट घान्द्रुक जाँदै गरेको जीप सडकबाट खस्दा ५ जना घाइते
पुष ४, २०८१ बिहिबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ घाइते
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सुपर चारको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई दियो ५५ रनको लक्ष्य
पुष ५, २०८१ शुक्रबार
समय अपुगले दुई चरण मुद्दा दर्ताः जीवीसहित १९ जनाविरुद्ध आज, रविसहित अन्यको आइतबार
पुष ५, २०८१ शुक्रबार
कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्ने
पुष ५, २०८१ शुक्रबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार
सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ स्पेन्टागन
पुष ५, २०८१ शुक्रबार