राष्ट्रिय सभा सदस्यका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान
नेपालबहस संवाददाता
पुस २८, २०८० शनिबार १३:५३:४५
२८ पुस, काठमाडौं । आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लागि आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ ।
निर्वाचन आयोगको स्वीकृत कार्यक्रम अनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो ।
सात वटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राससलाई जानकारी दिए ।
निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार मैदानमा छन् । उक्त निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारी मनोनयन पत्र दर्ता भएको थियो । आयोगका अनुसार कोशी प्रदेशमा पाँच, मधेसमा पाँच, बागमतीमा १५, गण्डकीमा आठ र लुम्बिनी प्रदेशमा छ जना उम्मेदवार रहेका छन् ।
कर्णाली प्रदेशमा र सुदूरपश्चिम प्रदेशमा छ÷छ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ । सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
मंसिर ९, २०८१ आइतबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि
मंसिर ९, २०८१ आइतबार