अन्तर्राष्ट्रिय उडानबाट ४५ लाख ४१ हजार १३७ यात्रुले लिए सेवा, यात्रु आवागमन ३०.१८ प्रतिशतले बढ्यो
नेपालबहस संवाददाता
पुस २८, २०८० शनिबार १४:५:१६
२८ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२३ मा अहिलेसम्मकै धेरै यात्रु आवतजावत भएको छ । सन् २०२३ मा अन्तर्राष्ट्रिय तर्फ यात्रु आवागमन बढेको छ । अघिल्लो वर्षको तुलनामा अन्तर्राष्ट्रिय तर्फ यात्रु आवागमन ३०.१८ प्रतिशतले बढेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार अन्तर्राष्ट्रिय तर्फ ४५ लाख ४१ हजार १३७ यात्रुले सेवा लिएका छन् । यो अहिलेसम्मकै धेरै भएको कार्यालयले जनाएको छ । अन्तर्राष्ट्रिय तर्फ उडान संख्या पनि बढेको छ । गत वर्षको तुलनामा २९.४० प्रतिशतले उडानमा वृद्धि हुँदा ३१ हजार ४६० वटा उडान भएको तथ्याङ्क छ ।
आन्तरिक तर्फ भने यात्रुको संख्या घटेको छ । गत वर्षको तुलनामा ७.०७ प्रतिशतले यात्रु आवागमन घट्दा त्रिभुवन विमानस्थलबाट ४१ लाख ५० हजार ३२६ यात्रु आएका छन् । उडान संख्या १०.३६ प्रतिशतले घट्दा ९६ हजार ९८९ उडान भएका छन् । कार्गो आवागमनमा भने वृद्धि भएको छ । गत वर्षको तुलनामा १०.८७ प्रतिशत वृद्धि हुँदा तीन हजार ४२६.८६१ टन कार्गो आएको छ ।
अघिल्लो वर्षको तुलनामा कुल यात्रुको संख्यामा भने ९.२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष ७९ लाख ५४ हजार ४९५ यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेका थिए । यस वर्ष यो संख्या बढेर ८६ लाख ९१ हजार ४६३ पुगेको छ ।
सन् २०२३ मा त्रिभुवन विमानस्थलको बाटो भएर ४५ लाख ४१ हजार १३७ जनाले आवतजावत गरेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । यो संख्या सन् २०२२ को तुलनामा ३०.१८ प्रतिशतले बढी हो । कोरोना महामारीको समयअघि सन् २०१८ मा भन्दा ४.५ प्रतिशतले बढी रहेको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
सन् २०२३ को जनवरी १ देखि डिसेम्बर ३१ सम्म त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान तथा अवतरण संख्या ३१ हजार ४६० रहेको छ । यो अवधिमा नेपालबाट २४ लाख २० हजार ७८७ जना विदेश गएका छन् भने २१ लाख २० हजार ३५० जना नेपाल भित्रिएका छन् । फ्लाइट संख्या सन् २०२२ को तुलनामा २९.४ प्रतिशतले बढी हो भने कोरोना महामारी भन्दा अगाडि सन् २०१८ भन्दा १०.७६ प्रतिशतले कम हो ।
जुन सन् २०२२ को भन्दा ७.०७ प्रतिशतले कमी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ । आन्तरिक हवाई उडानको संख्या भने ९६ हजार ९८९ रहेको छ । यो पनि सन् २०२२ को तुलनामा १०.३६ प्रतिशतले कम हो । आन्तरिक उडानमा कार्गो ओसारपसार तीन हजार ४२६.८६१ टन भएको छ । यो मात्रा भने सन् २०२२ को भन्दा १०.८७ प्रतिशतले वृद्धि हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधार्मिक पर्यटनको केन्द्र बन्दै भैरवी मन्दिर
मंसिर २५, २०८१ मंगलबार
घोरदौरामा जीपलाइन सञ्चालनको तयारी
मंसिर २५, २०८१ मंगलबार
अन्नपूर्ण फेरोका २७ गाउँमा घरबास
मंसिर २३, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार