राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रहस्वरुप शीर्ष नेताले संयुक्त वक्तव्य जारी गर्ने
नेपालबहस संवाददाता
पुस २८, २०८० शनिबार १४:५२:४१
२८ पुस, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न मतदाताहरूलाई आग्रह गर्दै शीर्ष नेताहरूले संयुक्त वक्तव्य जारी गर्ने भएका छन् । सत्तारुढ दलको राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिको बैठकले मतदातालाई गठबन्धनका उम्मेदवारहरूको पक्षमा मतदानका लागि शीर्ष नेताहरूलाई संयुक्त वक्तव्य जारी गर्न लगाउने निर्णय गरेको छ ।
शनिबार बसेको सत्तारुढ गठबन्धन दलको राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिको बैठकले शीर्ष नेतालाई संयुक्त वक्तव्य जारी गर्न लगाउने निर्णय गरेको हो । बैठकले राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति–२०८० को सचिवमा अधिवक्ता केशवराज जोशीलाई चयन गर्ने निर्णय पनि गरेको छ ।
राष्ट्रिय सभा निर्वाचन प्रदेश समन्वय समिति र जिल्ला समन्वय समितिलाई गठबन्धनका उम्मेदवारहरूको पक्षमा मतदाताहरूसँग चुनाव प्रचारप्रसारदेखि मतगणनासम्म गर्नुपर्ने कार्यहरुको बारेमा आवश्यक निर्देशन दिने बैठकले निर्णय गरेको छ ।
राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ । सत्तारुढ गठबन्धन दलले उक्त निर्वाचनमा साझा उम्मेदवार उठाएका छन् । जसमा नेपाली कांग्रेसले १० सिट, नेकपा (माओवादी केन्द्र) ले ६ सिट, नेकपा (एकीकृत समाजवादी) ले २ सिट र जनता समाजवादी पार्टीले १ सिटमा साझा उम्मेदवार उठाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार