सम्पदा संरक्षणमा उदाहरणीय नगर प्रहरी
नेपालबहस संवाददाता
पुस २९, २०८० आइतबार १४:३४:५६
♦ मनिष अर्याल
२९ पुस, काठमाडौं । बिहानै चिसोमा ललितपुरको लगनखेल स्थित एउटा फल्चामा नगर प्रहरी हावा फाल्ने मेसिन (AIR BLOWER ) सहित फल्चा सफा गरिरहेका हुन्छन् । दिउँसोको समयमा भीडभाड हुने भएकाले बिहान बिहान चिसो पनि नभनि ललितपुर महानगरका नगर प्रहरीहरू महानगर भित्रका सम्पदा संरक्षणमा यसरी नै लागी पर्दै आएका छन ।
पूर्व ट्राफिक प्रहरी समेत रहेका सिताराम हाछेथु ललितपुर महानगरको नगर प्रहरी प्रमुख भएर काम गरेको झन्डै चार वर्ष भइसकेको छ । नगर प्रहरी को महानगर भित्र रहेका सम्पदा संरक्षणमा भुमिका कस्तो छ त ? महानगर बासी नगर प्रहरीको कार्य प्रति कत्तिको सन्तुष्ट छन् त ? यही प्रश्नको उत्तर खोज्दै हामी यसपाली ललितपुर महानगर प्रहरी बलमा पुग्यौ । ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथु सङ्गको कुराकानी यस प्रकार राखेका छौ ।
नगर प्रहरी को दिनचर्या कसरी सुरु हुन्छ ?
बिहान सात बजे देखि नगर प्रहरी को ड्युटी सुरु हुन्छ । बिहान , दिउँसो र राती गरेर शिफ्टमा नगर प्रहरीहरु खटिन्छन् । सङसङ्गै सम्पदा क्षेत्रमा १५ जना छुट्टै ड्युटी बस्छन् । पहिला १० देखि ५ बजे सम्म मात्र हुने ड्युटी अहिले हामी नगर बासी माझ २४ सै घण्टा उपलब्ध भएका छौ । नगर भित्र हुने बिहान फोहोर मैलाको निगरानी देखि अन अधिकृत पार्किङ र सम्पदा संरक्षणमा २४ सै घण्टा काम गरिराखेका छौ ।
सम्पदा संरक्षणमा नगर प्रहरी को भुमिका कस्तो छ ?
ललितपुर महानगरमा सम्पदाको कुरा गर्ने हो भने यहाँ पाटि , पौवा , स्तुपा, हिटी, मन्दिरहरुले भरिएको छ । नगर प्रहरी को महत्त्वपूर्ण जिम्मेवारी को रुपमा नगरबासी सङ्ग जोडिएको सम्पदालाई सुरक्षित राख्नु हो । सम्पदा संरक्षणको कुरामा नगर बासी सङ्ग मिलेर काम गरि राखेका छौ । ललितपुर महानगरमा भएका सम्पदा हरुमा पहिलो प्राथमिकतामा विश्व सम्पदामा सुचिकृत पाटन दरबार क्षेत्र लगायत अन्य सम्पदाहरूमा १५ जना नगर प्रहरी खटाइएको छ । पाटन दरबार लगायत अन्य सार्वजनिक स्थानहरूमा अनैतिक क्रियाकलाप निषेधका कुरा देखि धुम्रपान निषेध क्षेत्र गराइएको छ । पहिला पहिला नगर प्रहरीको काम फुटपाथ व्यापार रोक्ने र अनअधिकृत पार्किङ्ग व्यवस्थापन मात्र थियो तर समय सङ्गै नगर प्रहरी को दायरामा भेट्ने कार्यहरुलाई नँया स्वरूपमा बढाइराखेका छौ र सम्पदा संरक्षणमा जोड दिँदै आएका छौ । नगर प्रहरी र नगर बासी बीच सम्पदा संरक्षणमा कस्तो साथ रहेको छ ।
नगरबासी को साथ बिना नगर प्रहरी ले मात्र सम्पदा संरक्षण गर्न सक्दैनौ । नगर बासिको साथ सङ्गै हामीले काम गरिराखेका छौ । पहिला र अहिलेका नगरवासीको साथ धेरै राम्रो छ हामीले नगरवासी को लागि ११३१ निशुल्क टोल फ्रि नम्बर उपलब्ध गराएका छौ । सम्पदा संरक्षणको कुरा मात्र नभई , अन्य सेवा सुविधाको लागि नगर प्रहरी २४ घण्टा तयारी अवस्थामा हुन्छौ ।
महानगर भित्र रहेका सम्पदाहरूमा नगर बासीहरुको कथाहरू जोडिएको हुँदा आफ्नो सम्पदा जोगाउनमा ठूलो भुमिका खेलेको देख्छु । उदाहरण नै दिन पर्दा पाटन दरबारमा रहेको कृष्ण मन्दिरमा एकदमै अनैतिक क्रियाकलाप बढे पछि त्यहाँको स्थानीयहरुले खबर गर्नु भयो , हामीले महानगर सङ्ग समन्वय गरेर निषेध त गराइयो तर स्थानियहरु आफैले मन्दिर छिर्ने ढोकामा भक्तजन मात्र लेखिएको पोस्टर राख्नु भएको छ । यो देख्दा सम्पदा संरक्षणमा नगर प्रहरी को कार्य बढे सङ्गै स्थानीयहरु पनि जागरूक भएको पाइन्छ ।
सम्पदा संरक्षण लगायत अन्य कार्यका लागी नेपालको स्थानीय तहहरुमा कस्तो छाप दिइरहनु भएको छ ?
सम्पदा संरक्षणमा भर्खरै मात्र बागमती प्रदेश सरकार बाट उत्कृष्ट भइ पुरस्कार पनि पाएका छौ । हाम्रो काम अरुलाइ देखाउने भन्दा पनि नगरबासी को समस्यालाई समाधान गर्नु हो । हाम्रो कार्यमा नगर बासि हरु सन्तुष्ट हुनुहुन्छ जस्तो लाग्छ मलाइ । राम्रो कुरालाई नक्कल गर्नु पर्छ । मलाइ काठमाडौं उपत्यका बाहिरका महानगर, उप महानगर र नगरपालिकाहरु बाट एकदमै फोन आउने गर्छ , उँहाहरुको नगर प्रहरी लाइ के कसरी लग्ने भनेर । गत हप्ता मात्र धनगढी उप महानगरका नगर प्रमुख गोपाल हमाले फोन गर्नु भएको थियो , उँहाको नगर प्रहरी प्रमुखलाइ नगर भित्र गर्नु पर्ने कार्य योजनाहरुलाइ के कसरी लगिनु पर्छ भनेर । हाम्रो नगर प्रहरी बलको कार्यले सिकाउन पनि पाइएको छ र सिक्न पनि पाइएको छ ।
नगर प्रहरी ले पाउनु पर्ने आवश्यक कुराहरू महानगरबाट उपलब्ध गराइएको छ त ?
ललितपुर महानगरको क्षेत्रफल एकदमै फैलिएको छ । हामिलाइ पहिलो कुरा जनशक्ति को निकै खाँचो हुने गर्दछ । हाम्रो कार्य प्रति सन्तुष्ट भएर भर्खरै मात्र नगर प्रमुखज्युले जनशक्ति थप्ने कार्य योजना अगाडि बढाउनु भएको छ । नगर प्रहरी बलको ७० जनाको संख्या बढाएर १५० गराउने तयारी गरिराखेका छौ । नगर भित्रका सम्पदा संरक्षणमा थप नगर प्रहरी खटाउने तयारीमा छौ । नगर भित्र रहेका पाटि, हिटीहरुको सरसफाइ देखि हरेक संरक्षणका कुराहरू लाइ अझै थप बढाइने छ । नगर भित्र आवश्यक हुने कुराहरु जस्तै , ढल सफा गर्ने , दमकल सेवा , एम्बुलेन्स , शव वाहन को लागि चाहिने साधनहरु उपलब्ध गराइएको छ । यि सबै सेवाहरु महानगरबाट निःशुल्क रुपमा सन्चालन गराइराखेका छौ ।
नगर प्रहरी बलको भावी योजना के छ ?
हामीले चाँडै नै ललितपुर महानगर बासी लाइ सहज हुने गरि मोबाइल एप सुचारु गर्दै छौ । अहिले तत्काललाइ एपमा हामीले नगर प्रहरी को कार्यका २१ वटा सुविधाहरु जोडेका छौ जसमा दमकल सेवा, एम्बुलेन्स सेवा , ढल सफाइ , बाटो बिग्रेको लगायत अन्य कामहरुलाइ समेटेका छौ । नगर प्रहरी बलको कार्यालय पुल्चोकमा कन्ट्रोल रुम बाट निगरानी गरि हामी नगरबासीको समस्या समाधान गर्न तयारी अवस्था रहने छौ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
असोज १, २०८१ मंगलबार
रवि लामिछाने सांसदबाट निलम्बित
नेपालबहस संवाददाता
पुष ८, २०८१ सोमबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
नेपाल–भारतबीच निर्माण हुन लागेका अधुरा आयोजनालाई सरकारले अगाडि बढाउने
पुष ११, २०८१ बिहिबार
भैँसीपालनमा रमाउँदै घोरासैनी
पुष ११, २०८१ बिहिबार
हेटौंडाबाट गैँडाको खागसहित तस्कर पक्राउ
पुष ११, २०८१ बिहिबार
सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण
पुष ११, २०८१ बिहिबार
बिक्रीका लागि प्याजका बिरुवा उखेल्दै
पुष ११, २०८१ बिहिबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार