कपाल स्ट्रेट गर्ने महिलामा ३० प्रतिशत क्यान्सरको जोखिम
नेपालबहस संवाददाता
पुस २९, २०८० आइतबार १४:५१:८
२९ पुस, काठमाडौं । प्राय धेरै जसो दिदिबहिनी आज भोली कपाल स्ट्रेट गर्न रुचाउछन् । सभा समारोहमा पनि आफ्नो सुन्दरता कपालले पनि दिने भएकाले चिटिक्क पर्न कपाल स्ट्रेट गर्नेहरु अहिले निकै बढेका छन् । तर हामी सबैले आफ्नो कपाल स्ट्रेट गर्नु अघि, यसको बेफाइदा के हो जान्न जरुरी छ ।
डाक्टरहरू भन्छन् कि कपाल स्ट्रेट गर्न खतरनाक साबित हुन सक्छ । यसले महिलाको शरीरमा धेरै प्रकारको क्यान्सर पनि निम्त्याउन सक्छ । आजको जमानामा महिलाहरुमा कपाल स्ट्रेट गर्ने क्रेज धेरै भएको छ । सीधा कपाल पनि आजकल धेरै चलनमा छ । सहरी क्षेत्रका महिलाहरूले कपाल रंगीन र स्ट्रेट गराउन थालेका छन् ।
तर के तपाईलाई थाहा छ कपाल स्ट्रेट गर्ने बानीले क्यान्सर निम्त्याउन सक्छ । कपाललाई सिधा बनाउन धेरै प्रकारका केमिकल प्रयोग हुने चिकित्सकहरू बताउँछन् । यी रसायनहरू कपालमा बारम्बार प्रयोग गर्दा महिलाहरूमा पाठेघरको क्यान्सरको जोखिम बढ्छ ।
कपाललाई स्ट्रेट गर्न प्रयोग गरिने चीजहरूमा पनि यी ९ प्रकारका केमिकल पाइन्छ । जसले महिलामा स्तन र पाठेघरको क्यान्सरको जोखिम बढाउँछ । यदि यी रसायनहरू केही महिना वा वर्षमा कपालमा लगाइन्छ भने यसले महिलाहरूमा क्यान्सर, फाइब्रोइड र एन्डोमेट्रिओसिस जस्ता धेरै समस्याहरू निम्त्याउछ ।
Parabens formaldehyde को अत्यधिक प्रयोगले महिलाको प्रजननलाई असर गर्छ । यौवनावस्थामा प्रवेश गर्ने उमेरका केटीहरू यी कुरामा विशेष गरी संवेदनशील हुन जरुरी छ ।
वर्षमा चार पटकभन्दा बढी कपाल स्ट्रेट गर्ने महिलामा अन्य महिलाको तुलनामा क्यान्सरको जोखिम बढी हुने गर्छ । यस्ता महिलामा स्तन क्यान्सर र पाठेघरको क्यान्सरको जोखिम ३० प्रतिशतले बढ्छ । एनआईएचएसको अनुसन्धानले यस्तो रसायन प्रयोग नगर्ने महिलामा क्यान्सरको जोखिम १.६४ प्रतिशत रहेको बताएको छ भने यसको प्रयोग गर्ने महिलामा क्यान्सरको जोखिम ४.०५ प्रतिशतले बढेको बताएको छ ।
यस्तो अवस्थामा महिलाहरूलाई कपालमा धेरै केमिकल प्रयोग नगर्न सल्लाह अनुसन्धानले पुष्टि गरेको छ । कपाल स्ट्रेट गर्नुअघि आफूले लगाउने क्रिममा कुनै किसिमको खतरनाक केमिकल छैन कि भनेर थाहा पाउनु पर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजाडोमा छालाको स्याहार गर्न बढी सतर्कता अपनाउन चिकित्सकको सुझाव
पुष ६, २०८१ शनिबार
के पुरुष र महिलामा हृदयघातका लक्षणहरू फरक हुन्छन् ?
पुष २, २०८१ मंगलबार
थाहा पाउनुहोस् अण्डालाई खाने तरिका के हो ?
मंसिर २६, २०८१ बुधबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
भारतमा बालविवाहका घटनामा पाँच हजार भन्दा बढी पक्राउ
पुष ७, २०८१ आइतबार
नेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
जुम्लाको सापुल्ली गाउँ
पुष ७, २०८१ आइतबार
जोमसोम विमानस्थल प्रवेशद्वार
पुष ७, २०८१ आइतबार