चितवनमा स्क्रब टाइफसबाट चार जनाको मृत्यु
नेपालबहस संवाददाता
पुस २९, २०८० आइतबार १५:४२:३१
२९ पुस, चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल्लाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार चालु आर्थिक वर्षमा तीन हजार दुई सय ५४ जनामा गरिएको परीक्षणमा एक सय ६३ जनामा उक्त संक्रमण देखिएको थियो । संक्रमितमध्ये चार जनाको मृत्यु भएको हो । ती संक्रमितमध्ये ८८ जना चितवनकै र बाँकी अन्य जिल्लाका थिए ।
गत आर्थिक वर्षमा जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका तीन हजार चार सय ८५ जनाको परीक्षणमा पाँच सय १९ जनामा उक्त संक्रमण देखिएको थियो । संक्रमित सबै उपचारपछि घर फर्किएका थिए ।
स्क्रब टाइफस ओरिएन्टा सुसुगामुसी नामको ब्याक्टेरियाबाट हुने संक्रामक रोग हो । साधारणतया यो जीवाणुले मानिसलाई प्रत्यक्ष असर नपारी झाडीमा पाइने किर्ना (माइट्स) लाई संक्रमण गर्छ । सोही सङ्क्रमित किर्ना मुसालगायत अन्य जनावरका शरीरमा बस्छन् । संक्रमित किर्नाले टोकेको मुसा वा जनावर मानिसको सम्पर्कमा आएर शरीरमा टाँसिए वा टोकेमा स्क्रब टाइफस सर्ने गर्छ ।
यो रोग लागेका मानिसमा उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, पखालाले सताउने, श्वास फेर्न समस्या हुने, टाउको, जोर्नी तथा मांसपेशी दुख्ने, बिमिरा देखिने र टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने निरीक्षक केसीले बताए ।
यसैगरी गत साउनयता जिल्लामा एक्काइस हजार दुई सय ९८ जनामा गरिएको परीक्षणमा डेङ्गुबाट संक्रमण हुनेको सङ्ख्या एक हजार छ सय १५ पुगेको छ । जिल्ला बाहिरका एक जनाको सोही रोगका कारण मृत्यु भएको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी ब्यारेजबाट खसेको बसका सबै यात्रुको उद्धार
असोज १०, २०८१ बिहिबार
सर्लाहीमा श्रीमतीको गोली हानेर हत्या
असोज १०, २०८१ बिहिबार
चट्याङ लागेर बाजुरामा एक वृद्धको मृत्यु
असोज ९, २०८१ बुधबार
कोशी ब्यारेजबाट खसेको बसका सबै यात्रुको उद्धार
असोज १०, २०८१ बिहिबार
धादिङको चिरौदीमा सुक्खा पहिरो, कारसहित पुरिएका चार जनाको सकुशल उद्धार
असोज १०, २०८१ बिहिबार
पछिल्लो बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, उच्च सतर्कता अपनाउन अनुरोध
असोज ११, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः चिनियाँ ऋणको बोझबाट कहिले पाउला मुक्ति ?
असोज ११, २०८१ शुक्रबार
धरानमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
असोज ११, २०८१ शुक्रबार
कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा
असोज ११, २०८१ शुक्रबार
भृकुटीमण्डपमा आइतबारदेखि दशैं महोत्सव
असोज ११, २०८१ शुक्रबार
चाडपर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियानको सुरुवात
असोज ११, २०८१ शुक्रबार