सन्दीपको शतक र कप्तान पौडेलको उत्कृष्ट बलिङले एपीफकाे विजयी सुरूवात
नेपालबहस संवाददाता
पुस २९, २०८० आइतबार १७:१०:५२
२९ पुस, काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत एपीएफले शानदार शुरुवात गरेको छ । युवा ब्याटर सन्दीप जोराको उत्कृष्ट शतक र कप्ना रोहित पौडेलको उत्कृष्ट बलिङमा एपीएफले बागमती प्रदेशलाई ८९ रनले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको हो ।
एपीएफले दिएको २४२ रनको लक्ष्य पछाएको बागमती प्रदेशले ४२.५ ओभरमा अल आउट हुदै १५२ रन मात्र बनाएको थियो ।
बागमतीको ब्याटिंग लाइनअप ध्वस्त गर्नेक्रममा एपीएफका कप्तान रोहित पौडेलले सर्बाधिक ४ विकेट लिएका थिए । यस्तै अविनाश बोहोरा र मौसम ढकालले २÷२ विकेट लिएका थिए । त्यस्तै पुरन बिक र भुवन कार्कीले एक एक विकेट लिएका थिए ।
बागमतीका लागि कप्तान रित गौतमले सर्बाधिक ६० रन बनाए भने आशुतोष घिरइयाले ४१, रबिन जोशीले २० तथा बिबेक मगरले १५ रन बनाएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको एपीएफले सन्दीप जोराको शतकीय पारीको मद्धतले ५० ओभरमा ९ विकेट गुमाउदै २४१ रन बनाएको थियो ।
केवल ४१ रनमा ५ विकेट गुमाएको एपीएफलाई सन्दीपले सम्हालेका थिए । सन्दीपले ११७ बलमा ११२ रन बनाएका थिए ।
त्यस्तै लोकेश बमले २७ रन बनाए भने अमर रौतेलाले २२ रनको योगदान दिएका थिए । त्यसै गरी यस सिजनमा आर्मीबाट एपीएफमा आएका राष्ट्रिय टिमका कप्तान रोहित पौडेल भने यस खेलमा केवल २ रनमा आउट भएका थिए । त्यस्तै प्रज्वल शाहीले १०, आसिफ सेखले १५, सुमित महर्जनले ६, भुवन कार्कीले १० तथा अविनाश बोहोराले अविजित १८ रन बनाएका थिए ।
त्यसैगरी बागमतीका बलर सुर्य तामाङले सर्बाधिक ३ विकेट लिए भने प्रतिष जिसी र रिजन ढकालले २÷२ विकेट लिए । त्यस्तै सोनु देवकोटाले एक विकेट लिएका थिए ।
यस खेलको प्लेयर अफ द म्याच सन्दीप जोरा बनेका थिए । अब एपीएफले अर्को खेल भोलि सोमबार नै कोशी प्रदेशविरुद्ध मुलपानी क्रिकेट मैदानमा खेल्ने तालिका रहेको छ । त्यस्तै बागमतीले भने लगातार दोस्रो हार बेहोरेको छ । अब बागमतीले आफ्नो तेस्रो खेल मंगलबार मधेश प्रदेशविरुद्ध मुलपानीमै खेल्ने तालिका छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलमा बिजेता र उपबिजेता बनेका शेख दाजुभाईलाई गृहजिल्लामा सम्मान
पुष ११, २०८१ बिहिबार
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार