राम मन्दिरको उद्घाटन समारोहमा भीआईपी पाहुनाहरूका लागि चार्टर्ड विमानको व्यवस्था
नेपालबहस संवाददाता
पुस २९, २०८० आइतबार १९:३:३४
२९ पुस, काठमाडाैं । भारतको अयोध्यामा निर्माण भइरहेको राम मन्दिरको उद्घाटन समारोहमा समारोहमा भीआईपी पाहुनाहरूका लागि चार्टर्ड विमानको व्यवस्था गरिएको छ । समाचार एजेन्सीका अनुसार मन्दिर उदघाटन समारोहको दिन एक सयभन्दा बढी विमान अयोध्यामा अवतरण हुनेछन् ।
वाराणसी एयरपोर्टको एयर ट्राफिक कन्ट्रोल 'एटीसी' ले राम मन्दिरको उद्घाटन समारोहमा आउने विशेष अतिथिहरूको विमानहरू र हेलिकोप्टरहरूको सुरक्षित अवतरण र उडानमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ । बनारस बाहेक अयोध्या आउने सबै विमान प्रयागराज र गोरखपुर एयरपोर्टबाट सञ्चालन हुने समाचार एजेन्सीले जनाएको छ ।
अयोध्या विमानस्थलमा भन्सार र अध्यागमनको व्यवस्था नहुँदा विशेष अतिथि बोकेका विदेशी चार्टर्ड विमानहरू वाराणसी र लखनउ विमानस्थलमा अवतरण हुने भएका छन्। कम दायराका कारण अयोध्या र गोरखपुर एयरपोर्टले विमानको आवागमनका लागि वाराणसी एटीसीको निर्देशनमा काम गर्ने बताइएको छ ।
अयोध्याको नवनिर्मित विमानस्थल सानो भएकाले त्यहाँ विमान पार्किङ 'ह्याङ्गर'को व्यवस्था कम छ । प्राणप्रतिष्ठा उत्सवका लागि आउने प्रधानमन्त्री मोदी र अन्य कुनै देशका राष्ट्र प्रमुखको विमान मात्र त्यहाँ पार्क गर्न पाइने छ । वाराणसीको बाबतपुर विमानस्थलका निर्देशक पुनीत गुप्ताले भीआईपीका विमानहरू अयोध्या विमानस्थलमा अवतरण गर्ने र त्यसपछि वाराणसी, गोरखपुर वा प्रयागराज विमानस्थलमा पठाइने बताए।
कार्यक्रम सकिएपछि फेरि विमान अयोध्या पठाइनेछ । चार्टर्ड विमानको संख्या बढेमा पाहुनालाई वैकल्पिक विमानस्थलमा ल्याएपछि सडकबाट रामजन्मभूमि कम्प्लेक्समा पुर्याउने समाचारमा उल्लेख छ ।यसैबीच, काशी–अयोध्याबीच अर्को महिनादेखि हेलिकप्टर सेवा सुरु हुने भएको छ । राजस एयरोस्पोर्ट एण्ड एडभेन्चर प्राइभेट लिमिटेड कम्पनीले काशीदेखि अयोध्यासम्म हेलिकप्टर सेवा दिने भएको छ ।
यस कम्पनीले काशी-अयोध्याबाहेक प्रयागराज, मथुरा र गोरखपुरलाई हेलिकप्टर सेवामार्फत जोड्नेछ। काशीका ८४ घाटको शृङ्खलाको अन्त्यमा नवनिर्मित नमो घाटमा बनेको हेलिप्याडबाट पर्यटकले हवाईमार्गबाट अयोध्या र प्रयागराज जान पाउनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबरञ्जाको सात वर्ष पुरानो धुलेमेला
जेठ १८, २०८१ शुक्रबार
पशुपति क्षेत्रको गुरूयोजना आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने
जेठ १७, २०८१ बिहिबार
आउँदो असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका बिहान ४ बजे खोलिने
जेठ १६, २०८१ बुधबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
९३ वर्षीय मिडिया टाइकुन मर्डोकले गरे पाँचौं विवाह
जेठ २१, २०८१ सोमबार
टी–२० विश्वकप : ओमानले दियो नामिबियालाई १०९ रनको समामान्य लक्ष्य
जेठ २१, २०८१ सोमबार
हावाहुरीले २ हजार ५ सय बिघा क्षेत्रफलको केरामा क्षति
जेठ २१, २०८१ सोमबार
जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा
जेठ २१, २०८१ सोमबार
कोशी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिने
जेठ २१, २०८१ सोमबार
विश्वकप क्रिकेट : आयोजक वेस्ट इन्डिज विजयी
जेठ २१, २०८१ सोमबार