गरिमा विकास बैंकको सत्रौं वार्षिक साधारणसभा सम्पन्न
नेपालबहस संवाददाता
पुस २९, २०८० आइतबार २०:२६:५९
२९ पुस, काठमाडाैं । गरिमा विकास बैंक लिमिटेडको सत्रौं बार्षिक साधारणसभा आइतबार कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्ड,पोखरामा सम्पन्न भएको छ । उक्त साधारणसभाले शेयरधनीहरुलाई ९.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत लाभांश गरी जम्मा १०% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारण सभाले विकास बैंकको अधिकृत पुँजी बृद्धि गरी ५ अर्ब ७० करोड बनाउने, आ.व. २०८०/८१ को लागि लेखापरीक्षण नियुक्ति गर्ने लगायतका प्रश्तावहरु पारित गरेको छ ।
हाल ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैंया चुक्ता पूजी रहेको विकास बैंकको साधारणसभाबाट पारित ९.५० प्रतिशत बोनश शेयर वितरण पश्चात चुक्ता पुंजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैंया पुगेको छ । साधारण सभाको लागि २०८०पौष १७ गतेदेखि शेयरधनीदर्ता पुस्तिका बन्द रहेकोमा २०८० पौष १६ गतेसम्म कायम विकास बैंकका शेयरधनीहरुले साधारणसभाबाट पारित बोनस शेयर प्राप्त गर्ने छन् ।
विकास बैंकका हाल देशभर १२३ शाखा कार्यालय र ५१ वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै बैंकले हालसम्म करिब रु ८० अर्ब निक्षेप संकलन गरी करिब रु ६९ अर्ब कर्जा प्रवाह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
मंसिर २६, २०८१ बुधबार
महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
मंसिर २५, २०८१ मंगलबार
महालक्ष्मी विकास बैंकले घोषणा गर्यो दरबारमार्ग शाखालाई अपाङ्गमैत्री शाखा
मंसिर १९, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार