दिगो शान्तिका लागि थप अग्रसर हुन चाडपर्वले उत्प्रेरित गर्दछ : उपराष्ट्रपति यादव
नेपालबहस संवाददाता
पुस २९, २०८० सोमबार ०:३४:१८
१ माघ, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै मुलुकको समृद्धि, विकास, सुशासन, दिगो शान्तिका लागि थप अग्रसर र क्रियाशील हुन माघिजस्ता पर्वले उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।
माघ १ गते मनाइने माघी पर्व, माघ सङ्क्रान्ति, तिला सङ्क्रान्ति, मकर सङ्क्रान्ति, उत्तरायण, छार म्हेङ, येले संवत्, मकरस्नान र राष्ट्रिय कृषि जैविक विविधता दिवस, २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना समेत व्यक्त गरेका हुन् ।
माघ सङ्क्रान्तिका दिन थारू समुदायले माघी पर्व, मगर समुदायले मौलिक पर्व 'नयाँ वर्ष', मधेसी समुदायले तिलासङ्क्रान्ति, किराँत समुदायका राई, लिम्बू, सुनुवार, सुरेल, याक्खा, धिमाललगायतले आफ्ना राजा यलम्बरको स्मरणमा येले संवत्, छन्त्याल समुदायले छार म्हेङ 'म्हिलाङे सोङ्ती' पर्वका रुपमा बडो हर्षोल्लास, उमङ्ग, उत्साह र धुमधामका साथ मनाउने परम्परा रहिआएको छ ।
हिन्दू धर्मावलम्बीले पवित्र नदीमा मकरस्नान, सूर्यदेवको पूजा–उपासन गर्दै दान–दक्षिणा दिएर मकरसङ्क्रान्ति मनाउँछन् । नेपाल जैविक विविधतामा धनी मुलुक भएको सन्दर्भमा आजकै दिन राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइन्छ ।
“एकै दिन यतिका धेरै पर्व, त्योहार, उत्सव, अनुष्ठान र दिवस मनाइनुले नेपालको विविध संस्कृति, परम्परा, रहनसहन, रीतिरिवाजलगायतलाई सबै नेपालीले सहर्ष स्वीकार गर्दै ऐक्यबद्ध भई अघि बढ्न दृढ सङ्कल्पित रहेको सन्देश सञ्चार गर्दछ, यसले ‘अनेकतामा एकता’ हाम्रो मौलिक पहिचान र विविधतालाई अक्षुण्ण राख्न उत्प्रेरित पनि गर्दछ”, उनीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।
उपराष्ट्रपति यादवले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर मुलुक नेपालमा मनाइने चाडपर्वले जनजनमा नयाँ उमङ्ग र उत्साह भर्दै सबैखाले आपसी वैरभाव, मनोमालिन्यता, मनमुटाव र विभेद् अन्त्यका लागि प्रेरणाको स्रोत बन्न सकोस् । यस अवसरमा सबै क्षेत्र, भूगोल, भूभाग, जाति, वर्ग, समुदाय, भाषा, धर्म र संस्कृतिको सुदृढीकरण गर्दै राष्ट्रिय एकताका साथै मुलुकको आर्थिक समृद्धि र विकासमा एकीकृत र दत्तचित्त भई लाग्न उनले आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
नेपाललाई हिन्दू अधिराज्य बनाउने विषयमा दिल्लीमा बहस
पुष १६, २०८१ मंगलबार
मौन स्नान गरी मनाइयो सोमबारे औँशी
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
तराईका जिल्लामा शीतलहरको कहर, बढ्दोे जोखिममा कस्तो छ पूर्वतयारी ?
पुष २६, २०८१ शुक्रबार
हुम्लाको खार्पुनाथमा एक महिनादेखि सिटामोलसमेत अभाव
पुष २६, २०८१ शुक्रबार
अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्राको मूल्य घटबढ
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार