बराबरीमा रोकिए म्यानचेस्टर युनाइटेड र टोटनह्याम
नेपालबहस संवाददाता
माघ १, २०८० सोमबार ८:५७:११
१ माघ, काठमाडौं । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड र टोटनह्यामबीचको खेल बराबरीमा सकिएको छ ।
गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र टोटनह्याम २-२ गोलको बराबरीमा रोकिएका हुन् । म्यानचेस्टर युनाइटेडले खेलमा दुई पटक अग्रता बनाए पनि सो अग्रता जोगाउन नसक्दा अंक बाड्नु परेको थियो ।
खेलको तेस्रो मिनेटमा नै रासमस होजलण्डको गोलमा अग्रता लिएको म्यानचेस्टर युनाइटेडले खेलको १९औं मिनेटमा गोल खाएको थियो । टोटनह्यामका लागि रिचार्लिशनले बराबरी गोल गरेका थिए ।
त्यसपछि खेलको ४०औं मिनेटमा मार्कश राशफोर्डले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई पुन: अग्रता दिलाएका थिए । तर दोस्रो हाफको पहिलो मिनेटमा नै टोटनह्यामका रोड्रीगो बेन्टानकरले गोल गर्दै खेल बराबरी गरेका थिए ।
यो बराबरीपछि टोटनह्यामको २१ खेलमा ४० अंक भएको छ र लिगमा पाँचौं स्थानमा रहेको छ । त्यस्तै म्यानचेस्टर युनाइटेडको भने २१ खेलमा ३२ अंक भएको छ र लिगमा सातौं स्थानमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएएफसी यू-२० : नेपाल बहराइनसँग पराजित, एशियन कपमा छनौट हुन असफल
असोज ११, २०८१ शुक्रबार
यू-२० एशियन कप छनौटमा नेपालले आज बहराइनसँग सामना गर्दै
असोज ११, २०८१ शुक्रबार
एलए एफसीले जित्यो युएस ओपन कपको उपाधि
असोज १०, २०८१ बिहिबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
खराब मौसमका कारण भोलि बिहानसम्म आन्तरिक सबै उडान स्थगित
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार