आयल निगमको कार्यकारी निर्देशकमा १४ जनाको दरखास्त
नेपालबहस संवाददाता
माघ १, २०८० सोमबार ११:३५:३४
१ माघ, काठमाडौं । सवै भन्दा धेरै रकमको कारोबार गर्ने सरकारी सस्था नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि १४ जनाले दरखास्त दिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत ७ पुसमा एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेकोमा आइतबारसम्मको म्यादमा विभिन्न क्षेत्रका अनुभवी १४ जनाले निवेदन दिएका हुन् ।
मन्त्रालयका अनुसार कमलेन्द्रलाल कर्ण, उत्तरकुमार रेग्मी, डा. डोलप्रसाद चापागाईं, सहदेव चन्द, रामदेव यादव, सञ्जीवकुमार श्रेष्ठ, पंकजकुमार दास, माधव रेग्मी, आमोदप्रसाद चौधरी, दिलीपशेखर श्रेष्ठ, चण्डिकाप्रसाद भट्ट, वसन्तकुमार पाण्डे, डोलिन्द्रप्रसाद शर्मा र शत्रुघ्नप्रसाद पुडासैनीले कार्यकारी निर्देशक बन्न निवेदन दिएका छन् ।
आयल निगममा ०७५ यता खुला प्रतिस्थपर्धाबाट कार्यकारी निर्देशक छनोट थालिएको हो । मन्त्रालयको वाणिज्य तथा आपूर्तिसचिवको नेतृत्वमा छनोट समिति गठन हुने गरेको छ । सो समितिले निवेदन दिएका उम्मेदवारहरूलाई अन्तर्वार्ता र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणपछि अन्तिम तीनजनाको नाम मन्त्रिपरिषदमा पेस गर्ने र तीमध्ये एकजनालाई कार्यकारी निर्देशकको पदमा मन्त्रिपरिषद् बैठकबाट नियुक्त गर्ने प्रावधान छ ।
वार्षिक करिब तीन खर्ब रुपैयाँको कारोबार गर्ने आयल निगम सरकारी स्वामित्वका कम्पनीमध्ये सबैभन्दा धेरै रकमको कारोबार गर्ने कम्पनी हो । त्यसैले निगमको नेतृत्व लिन सधैँ तीव्र प्रतिस्पर्धा हुने गरेको छ । निगमको कार्यकारी निर्देशकको आकर्षक तलव र सुविधा पनि हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल सरकारको साझेदारीमा सुरु आयोजनाका लागि पौने ७ अर्ब थप्ने एमसीसी बोर्डको निर्णय
पुष १९, २०८१ शुक्रबार
बाह्र निर्माण कम्पनी कालोसूचीमा
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
वाह्य लेखा परीक्षणपछि बाणिज्य बैंकहरुको मुनाफमा किन देखियो अन्तर
पुष २०, २०८१ शनिबार
रास्वपा केन्द्रीय समिति बैठक आज पनि
पुष २१, २०८१ आइतबार
म्याग्दीको रत्नेचौरका तोरीबारीमा टिकटक बनाउने भीड
पुष २१, २०८१ आइतबार
पूजा महतोको कप्तानीमा यु–१९ महिला विश्वकप खेल्ने नेपाली टोली घोषणा
पुष २१, २०८१ आइतबार
शीतलहरपीडितलाई सेनाको सहयोग
पुष २१, २०८१ आइतबार