चलचित्र ‘म्याउँ’ मार्फत ‘कम ब्याक’ हुदै उत्तम प्रधान
नेपालबहस संवाददाता
माघ १, २०८० सोमबार १३:४८:२३
१ माघ, काठमाडौं । नेपाली क्षेत्रमा अभिनेता उत्तम प्रधान ‘कमब्याक’ हुने भएका छन् । अभिनेता उत्तम प्रधानको प्रमुख अभिनय रहने नेपाली चलचित्र ‘म्याउँ’बाट नेपाली उनको कम ब्याक हुन लागेका हुन् । चलचित्रमा उत्तम प्राधनका अलवा अनुप विक्रम शाही पनि महत्वपूर्ण भूमिकामा रहनेछन् । माघे सक्रान्तिको अवसर ‘म्याउँ’ निर्माण हुने गरिएको हो ।
सो चलचित्रलाई लेखन, निर्देशन तथा निर्माण जय राज रायको रहनेछ । जय मिडिया म्यानेजमेन्टको प्रस्तुतिमा बन्ने यस चलचित्रमा अन्य कलाकार भने छनौट हुने क्रममा रहेका छन ।
उत्तम प्रधान लामो समयदेखि पर्दामा फर्कने तयारी गरिरहेका थिए । उनले दर्पणछायाँको सिक्वेलको रुपमा फेरि दर्पणछायाँ बनाउने घोषणा पनि गरेका थिए । तर अहिलेसम्म यसको काम अगाडि बढ्न सकेको थिएन ।
दक्षिण भारतीय चलचित्र सङ्गीतका प्रख्यात एजे अलीमिर्जाक नौशाद अलीले सङ्गीत दिने यस चलचित्रमा दक्षिण भारतीय चलचित्रका पार्श्र्व गायक गायिका साई भिग्नेश, पद्मलताले स्वर दिनेछन ।
साई चर्चित चलचित्र ‘कान्तारा’को गीत ‘बराह रूपम’ र पद्मलता चलचित्र ‘थानी ओरूभन’ को ‘कान्नाला कान्नाला’ गीतबाट चिनिन्छन ।
दक्षिण भारतीय चलचित्रकै प्रख्यात सिनेमाटोग्राफर आकाश कुमारको डिओपी रहने ‘म्याउँ’मा लक्ष्मण सुनारले एसोसियट निर्देशन तथा सम्पादन गर्नेछन ।
यो चलचित्र चीनमा पनि रिलिज हुने निर्माण टिमले जानकारी गराएको छ । जसको लागि चिनिया वितरक साउथ एसिया मेरीटाइम सिल्क रोड (फुजियान) ईन्टरनेसनल मिडिया चलचित्रमा आबद्ध भइसकेको छ ।
जेनी खतिवडा राय, केन्द्र रेग्मी र प्रिन्स कुमार चौधरी सह निर्माता रहेको चलचित्रकी कार्यकारी निर्माता निशा खतिवडा हुन् । सुमन माझीको साउन्ड डिजाइन र सुदिप भण्डारीको भिएफएक्स रहनेछ । यसको विश्वव्यापी रिलिज लक्ष्य सन् २०२४ राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपलले सार्वजनिक गरे वृद्ध उमेरमा प्रहरी मुठभेडको तस्विर
जेठ ८, २०८१ मंगलबार
चर्चित कथा वाचक साइग्रेसको कथा 'अधुरो प्रेम'मा चलचित्र बन्दै
जेठ ७, २०८१ सोमबार
प्रदीप खड्का : रोमान्टिक हिरोबाट ‘पुजार सार्की’को मैतबहादुरसम्म
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट
जेठ ८, २०८१ मंगलबार
कैलाश सिरोहियाको रिट दर्ता गर्ने वा नगर्ने भन्नेबारे भोलि निर्णय हुने
जेठ ८, २०८१ मंगलबार
समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री
जेठ ८, २०८१ मंगलबार
सेनाको पेट्रोल पम्पमा काम गर्ने कर्मचारीलाई 'अग्नि सुरक्षा सम्बन्धी' तालिम
जेठ ८, २०८१ मंगलबार
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
जेठ ८, २०८१ मंगलबार