महन्थ ठाकुरसँग सहमति नदेखेपछि राजेन्द्र महत्तो नयाँ दलको गृहकार्य गर्न दिल्लीमा
नेपालबहस संवाददाता
माघ १, २०८० सोमबार १४:२०:५
१ माघ, काठमाडौं । मधेश प्रदेशमा राजनीति गरिरहेका नेताहरुले आफू अनुकुलको दल खोल्नु नयाँ विषय होइन । आफू अनुकुल नहुने वित्तिकै पार्टी फूटाएर वा छाडेर नयाँ दल निर्माण गर्न अझै पनि नेताहरु लागिरहेकै छन् । अहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का दोस्रो वरियताका नेता राजेन्द्र महतोले नयाँ पार्टी खोल्न गृहकार्य अघि बढाएका मात्र छैनन त्यसका लागि भारतीय नेताहरुको समर्थन जुटाउन दिल्ली पुगेका छन् ।
विगत केही महिना देखि लोसपाका अध्यक्ष महन्थ ठाकुर र महतोवीच गम्भीर विवाद बढेको छ । विवादपछि महतो नयाँ दल खोल्नतिर लागेका छन् । मधेश केन्द्रित दलको प्रभाव मधेशमा घटिरहेका बेला महतो नयाँ दलको गृहकार्यमा छन् । ठाकुसँग सहमति हनु नसक्ने देखेपछि उनले केहि समय अघिदेखिनै नयाँ दलको गृहकार्य गरिरहेका थिए । विवादकै कारण केही दिन अघि ठाकुरले बोलाएको केन्द्रीय समितिको बैठकलाई महतोले बहिस्कार गरेका थिए । पार्टी अध्यक्ष ठाकुरको कायैशलीको कारणले बैठक बहिस्कार गरेको उनले सार्वजनिक रुपमै अभिव्यक्ति दिएका थिए ।
महतो मधेसका विभिन्न जिल्ला पुगेर अघिल्लो साता काठमाडौ आएका थिए । काठमाडौ आएको केही दिनमा उनी दिल्ली पुगेका छन् । अहिले उनी दिल्लीमा रहेका छन् । मधेसमा हुँदा उनले सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ लगायतका जिल्ला पुगी लोसपाका स्थानीय कार्यकर्ताहरूसँग भेट गरेका थिए । अधिकांशले ठाकुरले पार्टी चलाउन सक्दैनन, त्यसैले नयाँ पार्टी खोल्नुहोस भन्ने सल्लाह दिएपछि यसकै तयारीका लागि दिल्ली गएको स्रोतको दावी छ । ‘दिल्ली जानु भएको छ आजै वा भोलीसम्म काठमाडौ आउनु हुन्छ’, उनी निकट रहेका एक नेताले भने ।
२०७८ भदौमा लोसपाको गठन भएको थियो । कानुन अनुसार महतोले लोसपा फुटाएर पार्टी खोल्न सक्दैनन । एउटा पार्टीबाट फुटेर बनेको पार्टी ५ वर्षसम्म फुटाउन नमिल्ने कानुनमा व्यवस्था छ । त्यसैले महतोले पार्टी नफुटाएर नयाँ पार्टी गठन गर्न सक्छन । उनले गठन गरेको नयाँ पार्टीमा लोसपाका सांसद तथा सार्वजनिक पदमा बसेका व्यक्ति भने जान सक्दैनन । किनभने उनीहरू नयाँ पार्टीमा गए उनीहरूको पद जोखिमा पर्छ । त्यसैले महतोले सार्वजनिक पदमा नबसेका व्यक्तिहरूलाई समेटेर नयाँ पार्टी खोल्ने तयारी गररहेको स्रोतले बतायो । उनले मधेश मुक्ति र मधेश प्रदेशमा स्वायत्त राज्यको अवधारणा राखेर पार्टी खोल्न लागेको पनि स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार