पीएम कपमा एपीएफको लगातार दोस्रो जित
नेपालबहस संवाददाता
माघ १, २०८० सोमबार १५:१६:५९
१ माघ, काठमाडौं । एपीएफ क्लबले जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । सोमबार मुलपानी क्रिकेट मैदानमा एपीएफले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो ।
कोशीले दिएको १३६ रनको लक्ष्य पछाएको एपीएफले १९.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । एपीएफका लागि कप्तान रोहित पौडेलले ८० रनको शानदार पारी खेलेका थिए । रोहितले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ८० रन बनाएर आउट भएका थिए । एपीएफका लागि प्रज्वल शाहीले २२ तथा सुमित महर्जनले अविजित २० रन बनाएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको कोशी प्रदेशले ४४.३ ओभरमा अल आउट हुदै १३५ रन बनाएको थियो । कोशीका लागि फिर्दोश अन्सारीले सर्बाधिक ५५ रन बनाएका थिए ।
त्यस्तै एपीएफका बलर अविनाश बोहोरा र कप्तान रोहित पौडेलले ३-३ विकेट लिएका थिए भने अमर राउटेलाले २ तथा भुवन कार्की र मौसम ढकालले एक एक विकेट लिएका थिए ।
यो एपीएफको लगातार दोस्रो जित हो भने कोशी प्रदेशले लगातार दोस्रो हार व्यहोरेको छ ।अब कोशी प्रदेशले अर्को खेल मंगलबार नेपाल पुलिसको सामना गर्ने छ भने एपीएफलेविहिबार मधेश प्रदेशको सामना गर्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन
मंसिर ११, २०८१ मंगलबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
प्रहरीले दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो
मंसिर ११, २०८१ मंगलबार
भक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
मंसिर ११, २०८१ मंगलबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार