निर्देशन अनुसार काम नगर्ने सरकारी कर्मचारीमाथि एक्सन लिने तयारीमा प्रधानमन्त्री, जिम्मेवारी हेरफेर हुने
नेपालबहस संवाददाता
माघ १, २०८० सोमबार १६:१२:१६
१ माघ, काठमाडौं । नियमित कार्यालय नआउने, काममा अल्छी गर्ने र निर्देशनअनुसार काम नगर्ने कर्मचारी अबदेखि प्रधानमन्त्रीको निगरानीमा पर्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैले कर्मचारीमाथि निगरानी सुरु गरिएको र अब तुरुन्तै उनीहरुमाथि कारवाही चलाइने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले आफूले दिएका टार्गेट एक महिनाभित्र पूरा नगर्ने कर्मचारीको जिम्मेवारी हेरफेर हुने बताएका छन् ।
सोमबार अर्घाखाँचीस्थित सन्धीखर्कको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब कर्मचारीमाति एक्सन लिने तयारीमा आफू रहेको बताए । आफू नियमित रूपमा १० बजेभित्रै कार्यालय सिंहदरबार पुगेर मन्त्रालयको रिपोर्टिङ लिने गरेको भन्दै उनले टार्गेट अनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिने र त्यो अनुसार नभए विभागीय कारवाही हुने बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘म अहिले १० बजे नै नियमित रूपमा सिंहदरबार जाने गरेको छु । मन्त्रालयको रिपोर्टिङ लिने गरेको छु । उहाँहरू एक महिनाको टार्गेट दिएको छु । जिम्मेवारी पुरा नगर्नेलाई हेरफेर गरिन्छ ।’ उनले आफ्नै कार्यकालमा संघीय निजामती ऐन, शिक्षा ऐन, प्रहरी ऐन लगायत ऐनहरू कार्यान्वयन नहोला कि भन्ने डर भइरहेको बताए । त्यसैले आफ्नो काँधमा धेरै जिम्मेवारी भएकाले त्यसलाई गम्भीरतापूर्वक लागि परेको प्रचण्डको भनाइ थियो ।
उनले एक वर्षको कार्यकालमा अर्थतन्त्र डुब्यो भन्ने आतंकबाट मुक्त भएको उनको जिकिर छ । अर्थतन्त्रको सूचकांकमा उल्लेख्य सुधार आएको, विदेशी मुद्रा सञ्चिति इतिहासमै बढी भएको, भुक्तानी सन्तुलन र रेमिटेन्स बढेको, सार्वजनिक संस्थान बिस्तारै नाफामा जान लागेको, बन्द भएको उद्योग सञ्चालन भएको प्रधानमन्त्री प्रचण्डले दाबी गरे । यस्तै उनले सामाजिक न्याय र सुशासनको क्षेत्रमा सरकारले राम्रो गरेको जिकिर गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिम प्रदेशसभाः संसदीय दलका नेताको आधिकारिकतामा विवाद
जेठ १६, २०८१ बुधबार
महिलाले राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
जेठ १६, २०८१ बुधबार
आरोही भनेपछि आफ्नै परिवारको सदस्यजस्तो लाग्छ : प्रधानमन्त्री दाहाल
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
दिल्लीको तापक्रम ४९.९ डिग्री सेल्सियस, पानीको अभाव हुन सक्ने चेतावनी
जेठ १६, २०८१ बुधबार
भीमफेदीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु
जेठ १६, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेशसभाः संसदीय दलका नेताको आधिकारिकतामा विवाद
जेठ १६, २०८१ बुधबार
महिलाले राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
जेठ १६, २०८१ बुधबार
१६ जिल्लाका सीडीओसहित गृहका २५ जना सहसचिवको सरुवा (सूचीसहित)
जेठ १६, २०८१ बुधबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार