सुडानमा युद्धबाट विस्थापित भएका व्यक्तिको सङ्ख्या ७४ लाख पुग्याे
नेपालबहस संवाददाता
माघ १, २०८० सोमबार १६:३०:३६
१ माघ, खार्तूम । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालयले सुडानमा युद्धबाट विस्थापित भएका व्यक्तिको सङ्ख्या ७४ लाखभन्दा बढी पुगेको जनाएको छ ।
सन् २०२३ अप्रिल १५ मा सुडानी सशस्त्र बल र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेसबीचको लडाइँ सुरु भएदेखि सुडानमा ७४ लाखभन्दा बढी मानिसहरू विस्थापित भएको मानवीय राष्ट्रसङ्घीय कार्यालयले जनाएको छ ।
गत महिनामा सुडानमा विस्थापित मानिसहरूको सङ्ख्या करिब छ लाख ११ हजारले बढेको छ । विस्थापित हुनेमध्ये धेरैजसो गेजिरा र अन्य राज्यहरूबाट भर्खरै विस्थापित भएका व्यक्ति हुन् ।
बाली उत्पादन क्षेत्रहरूमा एसएएफ र आरएसएफ बीचको लडाइँको विस्तारले मध्य र पूर्वी सुडानमा मानवीय आवश्यकताहरूमा उल्लेखनीय वृद्धि गरेको संयुक्त राष्ट्रसङ्घीय कार्यालयले जनाएको छ ।
असुरक्षा, लुटपाट, खराब नेटवर्क र फोनको सम्स्या, नगदको अभाव, र सीमित प्राविधिक र मानवीय कर्मचारीहरूले सहायताको वितरणलाई असर गरिरहेको राष्ट्र सङ्घीय कार्यालयले जनाएको छ । सन् २०२४ को आइतबारसम्म सुडानमा मानवीय आवश्यकता र प्रतिक्रिया योजनाका लागि ३।१ प्रतिशत मात्र छुट्ट्याइएको छ ।
सुडानले १५ अप्रिल २०२४ देखि एसएएफ र आरएसएफबीचको घातक झडपहरू खेपिरहेको छ । युद्धमा अहिलेसम्म बाह्र हजार भन्दा बढी मानिसहरूको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय कार्यालयले अनुमान गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार