विनोदको शतकमा आर्मीको शानदार विजयी सुरुवात
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ १, २०८० सोमबार १६:४७:५९
![](https://nepalbahas.prixacdn.net/media/albums/aarmi_KI7GtqzWgn_N8KQIXSHr3.jpg)
१ माघ, काठमाडौं । त्रिभुवन आर्मी क्लबले जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा शानदार सुरुआत गरेको छ । सोमबार टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई १२६ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार शुरुवात गरेको हो ।
आर्मीले दिएको ३२१ रनको लक्ष्य पछाएको मधेश प्रदेशले ४८।४ ओभरमा अल आउट हुदै १९४ रन मात्र बनाएको थियो । मधेशका लागि पवन सराफले सर्वाधिक ६५ रन बनाए भने मयन यादवले ३४ तथा राजेश यादवले ३२ रन बनाएका थिए ।
त्यसै गरि आर्मीका बलर शहाब आलमले सर्बाधिक ४ विकेट लिए भने सोमपाल कामीले २ विकेट लिएका थिए । त्यस्तै जितेन्द्र मुखिया र कुशल मल्लले एक एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको आर्मीले ५० ओभरमा अलआउट हुदै ३२० रन बनाएको थियो ।
आर्मीका लागि कप्तान विनोद भण्डारीले शानदार ब्याटिंग गर्दै ११३ रन बनाएका थिए । भण्डारीदले ९३ बलमा ९ चौका र ६ छक्का प्रहार गर्दै ११३ रन बनाएर आउट भएका थिए । त्यस्तै सन्तोष कार्कीले ४२ रन बनाएका थिए भने कुशल मल्ल र विवेक यादवले ३७(३७ रन बनाएका थिए । त्यस्तै इमरान सेखले २६, भिम सार्कीले १८ र बसिर अहमदले १६ रन बनाएका थिए ।
यो आर्मीको पहिलो खेलमा पहिलो जित हो भने मधेश प्रदेशको दोस्रो खेलमा पहिलो हार हो । अब आर्मीले आफ्नो दोस्रो खेल बुधबार बागमती प्रदेशविरुद्ध मुलपानीमा खेल्ने छ भने मधेश प्रदेशले मंगलबार बागमतीकै सामना गर्दै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपच्याम्पियन्स ट्रफी खेलको टिकट कसरी र कहाँबाट किन्ने ?
फागुन ६, २०८१ मंगलबार
च्याम्पियन्स ट्रफी अगाडि भारतलाई ठूलो झट्का, स्टार खेलाडी घाइते !
फागुन ५, २०८१ सोमबार
आईसीसी च्याम्पियन्स ट्रफी सुरु हुनुभन्दा अघि कराँचीको रंगशालाबाट भारतीय झण्डा गायब !
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
अर्थ मन्त्रालयले १९ अर्ब बराबरको स्रोत सहमति दिएपछि हुने भयो २६ आयोजनाको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार
कम्बोडियाको संसद्मा खमेर रूज नरसंहार अस्वीकार विरुद्ध कानून पारित
फागुन ६, २०८१ मंगलबार
अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
प्रकृतिका बुवा भन्छन् : मैले छोरी गुमाए, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्
फागुन ६, २०८१ मंगलबार