देशका विभिन्न ठाउँबाट लागूऔषधसहित ७ जना पक्राउ
नेपालबहस संवाददाता
माघ १, २०८० सोमबार १७:२०:५४
१ माघ, काठमाडौं । देशका विभित्र स्थानबाट लागूऔषधसहित ७ जना पक्राउ परेका छन ।
कास्कीको पोखरा महानगरपालिका १३ आर्वाबाट अवैध लागूऔषध गाँजा धादिङका २१ वर्षीय सुशान्त थापा पक्राउ परेका छन् । उनको साथबाट करिब १ किलो २ सय ४० ग्राम गाँजा फेला परिएको प्रहरीले जनाएको छ ।
कञ्चनपुर कृष्णपुरका ५ वर्षीय २३ वर्षीय प्रकाश सुनार र २४ वर्षीय राजु सार्की र कैलाली धनगढी उपमहानगरपालिकाका ६ का १८ वर्षीय किशोर पक्राउ परेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ बनदेबीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४९ मिलिग्राम, सुन जस्तो देखिने पहेंलो धातुको सिक्रीका टुक्राहरू ७ ग्राम ८४ मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध तथा पहेंलो धातुका टुक्राहरूसहित पक्राउ गरेको हो ।
दाङको घोराही उपमहानगरपालिका १२ हापुरस्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ८० मिलिग्रामसहित सोही उपमहानगरपालिका १४ बस्ने २७ वर्षीय दिपेन्द्र रोकालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
स्याङ्जाको वालिङ स्थित वडा प्रहरीको टोलीले पर्वत कुश्मा १० बस्ने २३ वर्षीय अजय नेपालीलाई लागूऔषध सहित पक्राउ गरेका छन् । नेपालीको साथबाट नुर्फिन ४९ एम्पुल, डाईजेपाम ४९ एम्पुल र फेनरागन ४९ एम्पुल रहेको प्रहरीले जनाएको छ ।
यस्तै पर्साको वीरगंज महानगरपालिका १६ रजत जयन्ति चोकबाट नियन्त्रित लागूऔषध नुर्फिन ७७ एम्पुल, फेनारगन ७८ एम्पुल र डाईजेपाम ७८ एम्पुलसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका ११ थाना भर्याङ बस्ने ३७ वर्षीय सरोज कुमार श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ परेका छन् । प्रहरी चौकी ईनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको संयुक्त टोलीले रक्सौलबाट वीरगंजतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचाडपर्वमा भरपर्दो सुरक्षा रणनीति बनाएर लागू गर्न महानिरीक्षक कुँवरको निर्देशन
भदौ ३१, २०८१ सोमबार
प्रधानसेनापति सिग्देलले सम्हाले कार्यभार
भदौ २४, २०८१ सोमबार
करिब चार लाख बराबरको लत्ताकपडा बरामद
भदौ २०, २०८१ बिहिबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेलाई दोषी किटान गर्दै प्रतिवेदन बुझाइँदै
भदौ ३१, २०८१ सोमबार
ट्रम्पमाथि फेरी हमलाको प्रयास
भदौ ३१, २०८१ सोमबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
भदौ ३१, २०८१ सोमबार
भारतको सहयोगमा निर्मित महेन्द्र शान्ति माध्यमिक विद्यालय भवनको उद्घाटन
भदौ ३१, २०८१ सोमबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
सातौं बेलबारी अन्तराष्ट्रिय गोल्डकप हुँदै
भदौ ३१, २०८१ सोमबार
कास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ
भदौ ३१, २०८१ सोमबार
तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिलको दिर्नेशन
भदौ ३१, २०८१ सोमबार
कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ तीन दिन मनाउने
भदौ ३१, २०८१ सोमबार