टुँडिखेल भीडभाडमा च्यापिएर घाइते हुनेको संख्या ११ पुग्यो, हेर्नुस सूचिसहित
नेपालबहस संवाददाता
माघ १, २०८० सोमबार १८:१८:३७
१ माघ, काठमाडौं । टुँडिखेलमा आयोजित माघी कार्यक्रमको भीडभाडमा च्यापिएर घाइते हुनेको संख्या ११ पुगेको छ। माघे संक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको अलग-अलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण अत्यधिक भीडभाडमा च्यापिएर घाइते भएका हुन्।
घाइते भएका ११ जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए। घाइतेहरूको अवस्था सामान्य रहेको उनले बताए।
भित्र प्रवेश गर्ने र बाहिर निस्कनेहरू धेरै हुँदा टुँडिखेलको गेटमा भीडभाड बढेको थियो। प्रहरीले यसक्रममा लाठी चार्ज गरी भीड नियन्त्रणमा लिएको छ। भीडमा परेर एक जना प्रहरी जवान पनि घाइते भएको परिसर प्रवक्ता ढुंगेलले बताए।
घाइतेहरूको विवरण
१. जिल्ला खोटाङ हलेशी तुवाचुङ नगरपालिका वडा नं- १० घर भई हाल ललितपुर पाटन ढोका बस्ने वर्ष १२ को त्रिसना मगर 'टाउकोमा चोट बोल्न सक्ने
२. जिल्ला सिन्धुपालचोक घर भई हाल ललितपुर जिल्ला चामुण्डा बस्ने वर्ष १२ की अन्जना तामाङ 'निधारमा चोट बोल्न सक्ने'
३. जिल्ला धादिङ गंगा जमुना गाउँपालिका वडा नं- ५ घर भई हाल काठमाण्डौ जिल्ला फुटुङ बस्ने वर्ष १९ की रेजिना घले 'निधार र मुखमा चोट बोल्न सक्ने' ।
४. जिल्ला धनकुटा घर भई हाल ललितपुर जिल्ला चाखुपाट बस्ने वर्ष १६ की निकिता मगर 'अनुहारमा चोट बोल्न सक्ने' ।
५.जिल्ला बर्दिया राधापुर नगरपालिका वडा नं- १ घर भई हाल काठमाडौं जिल्ला नयाँबजार बस्ने वर्ष ३० की रेखा चौधरी 'पेटमा चोट बोल्न सक्ने' ।
६. जिल्ला प्युठान खलङगा गाउँपालिका वडा नं- ४ घर भई हाल काठमाडौं जिल्ला फुटुङ बस्ने वर्ष १६ की अनिसा के.सी. 'दाहिने हातमा चोट बोल्न सक्ने'।
७. जिल्ला कैलाली भजनिया नगपालिका वडा नं-३ घर भई हाल ललितपुर भैसेपाटी बस्ने वर्ष २५ की कल्पना चौधरी 'टाउकोमा चोट बोल्न सक्ने' ।
८.जिल्ला सुनसरी धरान उप-महानगरपालिका वडा नं- ३ घर भई हाल काठमाण्डौ जिल्ला बनस्थली बस्ने वर्ष २२ की मन्दिरा बस्नेत 'बाया खुट्टा र कानमा चोट बोल्न सक्ने' ।
९. जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं- २२ बस्ने वर्ष ४० की मिना थापा 'वेहोस अवस्थामा ल्याएको हाल बोल्न सक्ने' ।
१०. जिल्ला कैलाली घोडाघोडी गाउँपालिका घर भई काठमाडौं जिल्ला सितापाईला बस्ने वर्ष १९ की रिजा रेस्मी मगर 'निधारमा पेटमा चोट बोल्न सक्ने' ।
११. जिल्ला रोल्पा घर भई हाल कोशी प्रदेश तालिमकेन्द्र दरबन्दी भई त्रिपुरेश्वर विशेष सुरक्षा गणमा कार्यरत प्र.ज. पृथ्वी बुढामगर ' बायाँ खुट्टामा चोट बोल्न सक्ने' ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार