पीएम कप अन्तर्गतको तीन खेल फरक–फरक खेलमैदानमा हुँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ २, २०८० मंगलबार ६:५४:४१
![](https://nepalbahas.prixacdn.net/media/albums/PM_Cup_QXXwvgQUF6_SPU8iKXSMV.jpg)
२ माघ, काठमाडौं । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछन् । भैरहवा, कीर्तिपुर र मूलपानी क्रिकेट मैदान खेल हुने भएका छन् ।
आज भैरहवा क्रिकेट मैदानमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच खेल हुँदैछ ।
कर्णाली र सुदूरपश्चिम दुवैले आ–आफ्नो पहिलो खेलमा जित हासिल गरेर आज दोस्रो खेल खेल्ने छन । पहिलो खेलमा कर्णालीले गण्डकी प्रदेशलाई पराजित गरेको थियो भने सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको थियो ।
त्यस्तै आज अर्को खेल त्रिभुवन विश्वविद्यालय खेल मैदान, कीर्तिपुरमा कोशी प्रदेश र नेपाल पुलिस क्लबबीच हुनेछ । कोशी प्रदेशले यसअघिका आफ्ना दुवै खेलमा हार बेहोरेको छ भने पुलिस क्लबले आफ्नो पहिलो खेल जितेको छ ।
त्यसैगरी आज तेस्रो खेल बागमती प्रदेश र मधेश प्रदेशबीच मूलपानी क्रिकेट मैदानमा हुँदैछ । बागमती प्रदेशले आफ्ना यस अघिका दुवै खेलमा हार बेहोरेको छ भने मधेश प्रदेशले आफ्ना २ खेलमा एक जित र एक हार बेहोरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपच्याम्पियन्स ट्रफी खेलको टिकट कसरी र कहाँबाट किन्ने ?
फागुन ६, २०८१ मंगलबार
च्याम्पियन्स ट्रफी अगाडि भारतलाई ठूलो झट्का, स्टार खेलाडी घाइते !
फागुन ५, २०८१ सोमबार
आईसीसी च्याम्पियन्स ट्रफी सुरु हुनुभन्दा अघि कराँचीको रंगशालाबाट भारतीय झण्डा गायब !
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
अर्थ मन्त्रालयले १९ अर्ब बराबरको स्रोत सहमति दिएपछि हुने भयो २६ आयोजनाको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार
कम्बोडियाको संसद्मा खमेर रूज नरसंहार अस्वीकार विरुद्ध कानून पारित
फागुन ६, २०८१ मंगलबार
अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
प्रकृतिका बुवा भन्छन् : मैले छोरी गुमाए, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्
फागुन ६, २०८१ मंगलबार