‘हनुमान’को बक्स अफिसमा धमाकेदार कमाई
नेपालबहस संवाददाता
माघ २, २०८० मंगलबार ११:५:५५
२ माघ, नयाँदिल्ली । साउथ इन्डियन फिल्म ‘हनुमान’ ले बक्स अफिसमा धमाकेदार कमाई गरिरहेको छ । सिनेमा हलमा रिलिज भएको चार दिन भइसकेको यो फिल्म बक्स अफिसमा ब्लकबस्टर बन्दै गएको छ । अब प्यान इन्डियन फिल्म ‘हनुमान’ ले तीन दिनमा साउथका तीन ठूला फिल्मको रेकर्ड तोडेको छ ।
उत्तर भारतमा फिल्मले कमाईको हिसाबले पुष्पाः द राइज, केजीएफः च्याप्टर १ र कान्ताराको हिन्दी संस्करणलाई पछाडि छोडेको छ। ‘हनुमान’ ले उत्तर भारतमा १२.२६ करोड कमाएर यो रेकर्ड तोडेको हो ।
यससँगै यो फिल्म उत्तर र दक्षिण भारतमा ब्लकबस्टर बनिरहेको छ । मात्र २५ करोडमा बनेको फिल्म ‘हनुमान’ले पहिलो दिन भारतीय बक्स अफिसमा ८.०५ करोड कमाएको थियो । फिल्म शुक्रबार बक्स अफिसमा आएसँगै दर्शकको भीड देखिएको छ । जहाँ विश्वभर यो संख्या २० करोड नाघेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्मको दोस्रो दिन देखी धमकेदार सुरुवात गरेको हो । दोस्रो दिन विश्वभर करिब १४ करोड कलेक्सन गरेको थियो ।
फिल्मका निर्देशक प्रशान्त वर्माले फिल्मको उत्कृष्ट कम्प्युटर इमेजिङ ग्राफिक्स र स्पेशल इफेक्टलाई हैदरावादमा काम गर्ने केही युवाहरुले मिलेर निकै कम बजेटमा तयार पारेको बताएका छन् । यसको कथा यस्तो ठाउँमा समाप्त हुन्छ, जहाँ यसको सिक्वेल फिल्म ‘जय हनुमान’ सुरु हुनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबलिउड फिल्म रामायणको तयारी तीब्र, दुई भागमा बन्ने
जेठ ८, २०८१ मंगलबार
विक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार