बलिउडकी अभिनेत्री हेमा मालिनीले अयोध्यामा रामायणमा आधारित नृत्य प्रस्तुत गर्ने
नेपालबहस संवाददाता
माघ २, २०८० मंगलबार १२:१२:५३
२ माघ, अयोध्या । अयोध्या राम मन्दिरको उद्घाटन २२ जनवरीमा हुँदैछ । यो ऐतिहासिक क्षणको प्रतिक्षामा सबैजना रुमल्लिएका छन् ।रामलालाको अभिषेकका लागि बलिउडदेखि राजनीतिक जगतका धेरै ठूला व्यक्तित्वलाई निम्तो दिइएको छ । त्यसको तयारी पनि तिब्र रुपमा भइरहेको छ । यसैबीच, बलिउडकी एक दिग्गज अभिनेत्रीले यस दिन रामायणमा आधारित नृत्य प्रस्तुति दिने खबर आएको छ ।
रामायणमा आधारित यो डान्स ड्रामा अरू कसैले नभई बलिउडकी ड्रीम गर्ल अर्थात् हेमा मालिनीले प्रस्तुत गर्न लागेकी हुन् । हो, यो दिन हेमा मालिनीले रामायणमा आधारित नृत्य प्रस्तुत गर्न लागेकी छिन् । यो कुरा नायिका आफैले एक भिडियोमा सेयर गरेकी छिन् ।
यो भिडियोमा हेमा मालिनी भन्छिन्, ‘जय श्री राम, म पहिलो पटक अयोध्या आउँदै छु र त्यो पनि रामलालाको मन्दिरको उद्घाटन हुने समयमा । जसको लागि मानिसहरु वर्षौदेखि पर्खिरहेका थिए । जगत गुरु पद्मविभूषण तुलसी पीठाधिश्वर जगत गुरु रामनन्द स्वामी रामभद्राचार्य जीको ७५ औँ जन्मजयन्ती १४ जनवरीदेखि २२ जनवरीसम्म मनाइँदैछ ।’
साथै, मन्दिरको उद्घाटन र गुरुदेवको जन्मजयन्तीको उपलक्ष्यमा आगामी जनवरी १७ साँझ ७ बजे अयोध्याधाममा मेरो सम्पूर्ण टोलीसँग रामायणमा आधारित नृत्य नाटक प्रस्तुत गर्न लागेको छु । त्यसैले आउनुहोस्, यो सनातन पर्व मनाउन अयोध्याधाममा सबै मिलेर बसौं।
बलिउडकी एक दिग्गज अभिनेत्री हुनुको साथै उनी भारतीय जनता पार्टी 'भाजपा' की सांसद पनि हुन् । फिल्मपछि उनी राजनीतिमा सक्रिय छन् । हेमा प्रायः राजनीतिक मुद्दाहरूमा आफ्नो विचार व्यक्त गरिरहेको देखिन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार